पछिल्लो २४ घण्टामा नेपालमा कोरोना : २९ सय ४२ संक्रमित, २३२६ डिस्चार्ज, १२ को मृत्यु

SHARE:


काठमाडौं कात्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । यससँगै नेपालमा कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । हालसम्म कुल १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले बताए । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुमरमा १ सय ३० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ बाट निको भई घर फर्किनेको संख्या २ हजार ३ सय २६ रहेको छ । यससँगै आजसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!