बेलायतको ‘बाँचौ र बचाऊ अभियान’ बाट बागलुङमा खाद्यान्न राहत वितरण

SHARE:

लन्डन कात्तिक ३ । विश्वकर्मा वेलफेयर सोसाइटी यूकेको आयोजना र नेपाली वेलफेयर सोसाईटी यूकेको संयोजन तथा समन्वयमा ‘बाँचौ र बचाऊ अभियान’ अन्तर्गत नेपालको बागलुङमा राहत वितरण गरिएको छ ।
गण्डकी प्रदेश अन्तर्गतको बागलुङ जिल्ला बागलुङ नगरपालिका १२ अमलाचौरका ६६ विपन्‍न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष उपस्थितीमा कोरोना भाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन, निषेधाज्ञाका कारण समस्यामा परेका विपन्‍न परिवारहरुलाई ३० केजी चामल, दाल, तेल, नुन र साबुन प्रदान गरिएको हो । बागलुङमा राहत वितरण कार्यक्रम र यूकेबाट जुममार्फत बैठक सँगसँगै गरी हस्तान्तरण कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

‘बाचौं र बचाऔँ अभियान’ का संयोजक एवं नेपाली वेलफेयर सोसाईटी यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका कार्यसमितिका सदस्यसमेत रहेका धनबहादुर सार्कीले कोरोना महामारी सुरु भएयता बेलायतस्थित विभिन्न संघ, संस्था र मनकारी व्यक्तिहरुको प्रायोजनमा नेपालमा महामारी सुरु भएयताको अवधिमा देशका सातै प्रदेशमा महामारी तथा बाढीपहिरोको चपेटामा परेका १७ जिल्लाका ८४८ घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको जानकारी दिए । उनले मन्दिरमा देउता पुजेर भन्दा दुखी विपन्‍न परिवारलाई साथ दिएमा पुण्य कमाइने भन्दै धर्मले पनि अरुको सेवा गर्न सिकाएको बताए । ‘सेवा नै धर्म हो भन्ने मान्यता हामीले राख्छौं,” उनले भने, ‘त्यसैले मातृभूमिको दु:खमा राहतको हामी साथी बन्न चाहन्छौं।” उनले मानवियताको यो अभियानको सञ्जाललाई अझै दरिलो तवरले विस्तार गर्ने बताउँदै यस अभियानमा अझै बलियो साथ दिन समेत आग्रह गरे ।

भर्चुअल जुममार्फत संचालित कार्यक्रममा एनआरएनए यूकेका सचिव एवम् रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूकेका उपाध्यक्ष जित रानाभाटले कार्यक्रम सञ्चालन गर्दै कोरोना संकटयता विगत केही महिनादेखि निरन्तर यस्ता भर्चुअल कार्यक्रमहरुको संचालन र आर्थिक सहयोगसमेत गरेको बताँउदै आगामी दिनमा समेत हरेक सामाजिक कार्यमा आफ्नो सक्दो सहयोग हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि सांसदसमेत रहेकी नेकपा केन्द्रीय सदस्य बलावती शर्माले मानवीय सहायताको महत्वपूर्ण कदम उठाएकोमा सोसाइटीलाई धन्यवाद दिइन् । कुनै जातजाती, वर्ग समुदायको कुरा नगरी विशुद्ध रुपमा नागरिकको सेवा गरेकोमा संस्थाको कार्यलाई समेत सम्मान गर्दै उनले यस पवित्र कार्य सबै सामू पुर्‍याउनु पर्नेमा जोड दिइन् ।

त्यसैगरी बिशेष अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले आफ्नो मातृभूमिमा परेको पीडामा मलम लगाउने काम गरेकोमा सोसाइटी प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि देशको घाउ पुर्ने कार्यमा अग्रसर रहिरहन सुझाव दिए ।

विश्वकर्मा कल्याणकारी समाज यूकेका अध्यक्ष चन्द्रबहादुर सुनार (कुमार)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सांसद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बाचौं र बचाऔँ अभियानका नेपालका कार्यक्रम संयोजक नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, बागलुङ नगरपालिका १२ का वडा अध्यक्ष गुरुदत्त पाठक, अखिल नेपाल महिला संघका केद्रीय सदस्य टिकाकुमारी बिश्वकर्मा, सयपत्री नेपाली सेवा समाज यूके अध्यक्ष दिलीप महरा, नेपाल कम्युनिस्ट पार्टी प्रदेश जिल्ला कमिटी सदस्य कुसम बुढा,एनआरएन यूकेका सल्लाहकार तथा बिश्वकर्मा समाज भोटेओडार, लमजुङ, नेपालका संस्थापक अध्यक्ष राजकुमार सुनार, बिश्वकर्मा वेलफेयर सोसाईटी यूकेका पूर्वअध्यक्ष तथा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूके तथा क्यप्टन (क्यु.जी.ओ.) ब्रिटिस आर्मीका निवर्तमान अध्यक्ष गोपाल बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी बिश्वकर्मा वेलफेयर सोसाईटी यूकेका पूर्वअध्यक्षहरु थाम विश्वकर्मा, धर्म बिश्वकर्मा, हङकङ माईनोरीटी नेपाली समाजका पूर्वअध्यक्ष तथा बिश्वकर्मा वेलफेयर सोसाईटी यूकेका सल्लाहकार अशोककुमार गहतराज, बिश्वकर्मा वेलफेयर सोसाईटी यूकेका सल्लाहकारहरु मनोज अन्जन र नगेन्द्र बिश्वकर्मा यूकेलगायत सहभागिता रहेको थियो । राहत वितरण कार्यक्रममा उपस्थित अतिथिहरुले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानीय उपस्थीत बक्ताहरुले विषम परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!