२४ घण्टामा नेपालमा थपिए ३ हजार ७९० कोरोना संक्रमित

SHARE:

काठमाडौं कात्तिक ३ । उपत्यकामा २३ सय ८८ सहित नेपालमा ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । २४ घण्टामा १५ हजार ७१४ पीसीआर परीक्षण भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना संक्रमितको संख्या पुगेको छ । सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा २३ सय ८८ जना संक्रमित देखिएको जनाए । उनका अनुसार काठमाडौंमा २००८, ललितपुरमा
२८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा २३ सय ३५ निको भएर घर फर्किएका छन् । यो सँगै देशभर ९४ हजार ५०१ पुगेको छ । सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।

नेपालभर कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा २४ घण्टामा थप १८ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!