लन्डनमा भर्चुअलबाटै नेपाल विकास सम्मेलन

SHARE:

लन्डन कात्तिक ३ । लन्डनमा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन भएको छ । नेपाली राजदूतावास, लन्डनले १७ अक्टोबर २०२० मा आयोजना गरेको सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलन आयरल्याण्ड तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा राजदूत डा. सुवेदी एवं युरोपेली संघको इरास्मस कार्यक्रमको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रमुख जेरी ओ सुलिभानले शुभकामना मन्तव्य व्यक्त गरे ।

राजदूत डा. सुवेदीले प्रवासमा रहेका नेपाली विज्ञहरुसँग रहेको सीप, क्षमता र अनुभव नेपालको विकासमा उपयोगी हुने भन्दै नेपाल सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत स्थापना गरेको ब्रेन गेन सेन्टरसँग आवद्ध हुन प्रवासी नेपालीहरुलाई अनुरोध गरे ।

जेरी ओ सुलिभानले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यको महत्व अझ बढी हुने बताउँदै आगामी दिनमा नेपाली विद्यार्थीहरुलाई स्वागत गर्न आयरल्याण्ड तयार रहेको बताए ।

सम्मेलनमा Center for Eye Research, Ireland मा कार्यरत डा. नबीन पौडेलले बालबालिकाको दृष्टि क्षमतासम्बन्धी, वाग्मती प्रदेशका प्रदेश सचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालय School of Education का प्राध्यापक लक्ष्मण ज्ञवाली एवं आयरल्याण्डको School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिरहेका सगुन श्रेष्ठले शिक्षा तथा सिकाईसम्बन्धी, आयरल्याण्डको Eurofins BioPharma Product Testing Ireland Ltd मा कार्यरत डा. केशव मल्ल एवं नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत सृजन पोखरेलले कृषि क्षेत्रसम्बन्धी तथा Galway National University of Ireland मा कार्यरत डा. योगेश आचार्यले कोभिड-19 सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले धन्यवाद ज्ञापन गरेका थिए । सम्मेलन आयोजनाका लागि School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिरहेका सगुन श्रेष्ठ, एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष तथा पूर्व संरक्षक नवराज कोइरालालगायत आयरल्याण्डमा रहेका नेपालीहरुले सहयोग गरेका नेपाली राजदूतावास लन्डनले आइतबार १८ अक्टोबरमा जारी विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!