नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, २४ घण्टामा ५७ सय संक्रमित

SHARE:

काठमाडौं कात्तिक ५ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा संक्रमण फेला परेको बताए । यससँगै कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । हलसम्म संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना व्यक्तिमा संक्रमण फेला परेको छ । जसमध्ये काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ जना र ललितपुरमा ५ सय ४३ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार २९ हजार ८ सय जना संक्रमित होम आएसोलेसनमा रहेका छन भने १४ हजार ६ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जना व्यक्तिको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ । यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १३ लाख ३४ हजार ८ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ । सबै कोभिड १९ अस्पताल र प्रयोगशालाहरु दशैं विदामा समेत आवश्यकता अनुसार सञ्चालन हुने पनि प्रवक्ता गौतमले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!