नेपालमा थप तीन हजारमा कोरोना संक्रमण पुष्टि

SHARE:

काठमाडौं कात्तिक १८ । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विभिन्न स्वास्थ्य प्रयोगशालामा आज ११ हजार १६६ पिसिआर परिक्षण गरिएकामा एक हजार ८६७ पुरुष तथा एक हजार २४७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना कोरोना संक्रमणमुक्त भएको र कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ६८ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितमध्ये हाल ३० हजार ६९४ होम आइसोलेशनमा रहेका र ३७२ जनाको आइसियु तथा ६८ जनाको भेन्लिेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!