
काठमाडौं कात्तिक १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ कोरोनाभाइरस संक्रमित थपिएका छन् । प्रवक्ता डा गौतमले काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना गरी उपत्यकामा कुल १ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।






