काठमाडौं कात्तिक २१ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् ।
समानुपातिकतर्फको खसआर्य क्लस्टरबाट सांसद भएका केसीको निधन भएपछि पाण्डे सांसद हुने भएका हुन् । पाण्डेलाई केसीको ठाउँमा सांसद बनाइने कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए । उद्योगपतिसमेत रहेका सांसद केसीको मा निधन भएको थियो ।
पाण्डेलाई सांसद निर्वाचित गर्नका लागि संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई सांसद केसीको निधन भएको जानकारी गराएपछि क्लस्टरअनुसार सिफारिस गर्न पार्टीलाई चिठी लेख्ने छ । त्यसपछि पार्टीले जानकारी गराएको आधारमा आयोगले सोही क्लस्टरबाट सांसद निर्वाचित गर्ने प्रावधान छ ।
निर्वाचनका बेला बुझाएको समानुपातिकतर्फको बन्दसूचीको आधारमा सांसद निर्वाचित गराइन्छ ।






