अनर ब्रान्ड बेच्दै हुवावे

SHARE:

काठमाडौं । हुवावेले आफ्नो सहायक फोन उत्पादन युनिट अनर १५.२ बिलियन अमेरिकी डलरमा सेन्जेन सरकार, डिजिटल चाइनासहित अन्यलाई बेच्न लागेको जनाएको छ । हालको विनिमय दर अनुसार हुवावेले करिब १८ खर्ब आठ अर्ब रुपैयाँमा अनर बिक्री गर्न लागेको छ ।

हुवावेले अनर सिरिजमार्फत् बजेट ब्राण्डका स्मार्टफोन उत्पादन गर्दै आएको छ । अमेरिकाले हुवावेको उत्पादनमा लगाएको प्रतिबन्धका साथै दक्षिण कोरियाली कम्पनी एवम् हुवावेको प्रतिस्पर्धी सामसङले हाइ-इन्ड मोबाइल ह्यान्डसेट उत्पादनमा ध्यान केन्द्रित गरेपछि अनर बिक्री गर्न लागेको बुझिएको छ ।

गत वर्षबाट अमेरिकाले राष्ट्रिय सुरक्षामा जोखिम पर्ने भन्दै आफ्ना कम्पनीहरुलाई हुवावेसँग व्यापार व्यवसाय गर्न रोक लगाएको थियो । तर, हुवावेले अमेरिकी आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। हुवावे विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्यातकर्ता कम्पनी हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!