महिला शौचालयमा भिडियो खिच्ने एक पुरुषलाई पाँच महिनाको जेल सजाय

SHARE:

बेलायत । उत्तरी बेलफास्टस्थित मेटर अस्पतालमा कार्यरत डेभिड ओ’हारालाई शौचालय प्रयोग गरिरहेका महिला सहकर्मीहरूको गोप्य रूपमा भिडियो खिचेको आरोपमा पाँच महिनाको जेल सजाय सुनाइएको छ।

उनले आफ्नो यौन सन्तुष्टिका लागि शौचालयमा कम्तीमा २३ जना महिलाहरूको निजी क्रियाकलाप रेकर्ड गरी गोपनीयता भङ्ग गरेको समेत स्वीकारेका छन्।

बेलफास्ट क्राउन कोर्टमा भएको सुनुवाइका क्रममा ओ’हारा उत्तरी बेलफास्टस्थित मेटर अस्पतालमा कार्यरत रहेको र पीडितहरूमध्ये अधिकांश उनीसँगै काम गर्ने सहकर्मी रहेको जानकारी दिइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!