तमु धीं यूकेले २६ डिसेम्बरमा बेलायतमा ‘तमु ल्होछार’ मनाउने

SHARE:

लन्डन । तमु धीं यूकेको आयोजनामा आगामी डिसेम्बर २६ मा बेलायतमा तमु ल्होछार मनाउने भएको छ ।

ल्हु ल्हो (भेडा वर्ग) को स्वागत गर्दै तमु धीं यूकेले ल्होछार मनाउन लागेको हो । ल्होछार समारोह अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा आयोजना हुने अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए ।

उक्त कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुति, डा. हर्क अवार्ड तथा समुदाय अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक एवं उपाध्यक्ष दिलमाया गुरुङले जनाएकी छन् । कार्यक्रम अपराह्न ४:३० बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा सहभागी हुन वयस्कका लागि २५ पाउन्ड र बालबालिकाका लागि १० पाउन्ड प्रवेश शुल्क तोकिएको छ ।

कार्यक्रमबारे थप जानकारीका लागि अध्यक्ष जुमकाजी गुरुङ, कार्यक्रम संयोजक, उपाध्यक्ष दिलमाया गुरुङ र महासचिव डा. विशाल गुरुङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन आयोजकले जनाएको छ ।

तमु धीं यूकेले हरेक वर्ष ल्होछार मनाउने गरेको छ । सन् २००० मा स्थापना स्थापना भएको तमु धीं यूकेले बेलायतमा नेपाली मेला, गोर्खा कपजस्ता लोकप्रिय कार्यक्रम गर्ने गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!