ग्रेटर रसमर नेपाली कम्युनिटीको अधिवेशन ५ डिसेम्बर २०२६ मा हुने

SHARE:

बुधबार २५ नोभेम्बर २०२६ बेलायत ।  ग्रेटर रसमर नेपाली कम्युनिटीको अधिवेशन शनिबार ५ डिसेम्बर २०२६ का दिन बेलायतको अल्डरसट सहरस्थित एम्पायर हलमा हुने भएको छ। अधिवेशनको पहिलो चरणमा संस्थाका वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुनेछन् भने दोस्रो चरणमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मण्डललाई सत्र सुम्पिने कार्यक्रम रहेको छ।

अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन मण्डल गठन गरिएको छ। निर्वाचन मण्डलको प्रमुखमा संस्थाका सल्लाहकार क्याप्टेन राजेन्द्रमान गुरुङ, सचिवमा सल्लाहकार प्रमिला लाबुङ राई र सदस्यमा ट्रस्टी तथा पुर्व अध्यक्ष ओम थापा काउचालाई नियुक्त गरिएको अध्यक्ष लिला सेलुङ माबोले जानकारी दिएका छन्।

निर्वाचन मण्डलले निर्वाचन तालिकाका साथै मतदाता नामावली सार्वजनिक गरेको छ। निर्वाचन तालिका अनुसार उम्मेदवारहरूले बिहीबार २६ नोभेम्बर २०२६ राति १२ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने जनाइएको छ। कम्युनिटीमा ३७७ जना मतदाता रहेको र ती मतदाताका श्रीमान् तथा श्रीमतीले समेत मतदान गर्न पाउने अधिकार रहेको जनाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!