लन्डन । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी १९ डिसेम्बर २०२६ मा बेलायतमा चासोक तङ्नाम–२०२६ कार्यक्रम हुने भएको छ।
किरात याक्थुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने चासोक तङ्नामको अवसरमा यस वर्ष मेडिस्टोनस्थित कियाचु यूके, चुम्लुङदेनमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा बिहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
चासोक तङ्नाममा किरात याक्थुङ समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा, गीत–संगीत तथा नृत्य प्रस्तुतिसहित आपसी भेटघाट र शुभकामना आदानप्रदान गरिनेछ।
कार्यक्रममा सहभागी भई चासोक तङ्नामको सांस्कृतिक महत्वलाई आत्मसात गर्न बेलायतवासी सम्पूर्ण याक्थुङ समुदाय तथा शुभेच्छुकलाई कियाचु युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बूले हार्दिक निमन्त्रणा गरेकी छन्।
कार्यक्रम संयोजकमा सानु सुब्बा, सहायक संयोजक दिपेन्द्र याक्सो र सांस्कृतिक संयोजक भक्ति अङ्देम्बे रहेका छन्।






