भूपू गोर्खा सैनिक पूर्व सांसद इन्द्रहाङ्ग नेम्वाङ लिम्बुको निधन

SHARE:

नगेन्द्र नेम्वाङ
सुनसरी (धरान) कात्तिक २७ । समाजसेवी भूपू गोर्खा सैनिक पूर्वसांसद लेफ्टिनेन्ट इन्द्रहाङ्ग नेम्वाङ लिम्बुको ९२ वर्षको उमेरमा आफ्नै निजी निवास धरानमा बिहीबार निधन भएको छ ।

वि.सं. १९८५ मा पाँचथर इम्बुङ्गमा जन्मिएका नेम्वाङ्ग २० वर्ष ब्रिटिस गोर्खा सैनिकमा सेवा गरी लेफ्टिनेन्ट दर्जामा अवकाश भएका थिए । अवकाश प्राप्तपछि सुनसरी धरानमा स्थायी बसोबास स्थापित गरी समाजसेवामा होमिए । समाजसेवा गर्ने क्रममा धरान रङ्गशाला सैनिक भवन, विष्णुपादुका ज्वालामुखी मावि, किरातेश्वर मावि निकेतन विद्यालयको प्रयोगशाला भवनहरुको संरचना, निर्माण स्थापनाकालदेखि नै आर्थिक, बौद्धिक रुपमा महत्वपूर्ण योगदान दिएका थिए ।

२०३६ देखि २०४६ सालसम्म भूपू गोर्खा सैनिक सुनसरीको अध्यक्ष रहेका नेम्वाङ्ग नेपाल रेडक्रस सोसाइटी, किरात याक्थुङ चुम्लुङ्ग, सुनसरी, सर्वकिरात चुम्लुङ कालिम्पोङलगायतका संघ संस्थाका आजीवन सदस्य थिए । २०४८ सालमा सुनसरीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भइ सांसद बनेका थिए ।

ब्रिटिस गोर्खा सैनिकमा रहँदै नेपाली कांग्रेसमा आबद्ध भई २००७ देखि २०४६ सालसम्म पञ्‍चायती व्यवस्थाविरुद्ध लड्न सक्रिय भूमिका खेलेका थिए ।

आफ्ना जन्मभूमि इम्बुङको पुर्ख्यौली जग्गा भतिज भक्तिहाङ्गसँग सहमतिमा इनम रंगशाला नामक फुटबल खेल मैदान अनुदान गरेका छन् भने इन्द्रभक्ति प्रतिष्ठान स्थापना गरी फाल्गुनन्द गाउँपालिकालाई एम्बुलेन्स पनि प्रदान गरेका छन् ।

नेम्वाङ्गको निधनले भूपू गोर्खा सैनिकहरुको बाक्लो बस्ती रहेको धरान शोकमा छ ।
स्मरण रहोस्, केही हप्ता अगाडि मात्र अर्को भूपू गोर्खा सैनिक, हर क्षेत्रमा अग्रज समाजसेवी, बुद्धजीवी, राजनीतिज्ञ गजेन्द्र इस्बोको निधन भएको थियो । उनीहरु दुवैजना वीर गोर्खालीहरुलाई भावपूर्व हार्दिक श्रद्धाञ्जली ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!