बेलायत, अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको अनुमोदन

SHARE:

काठमाडौं कात्तिक २८ । संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त अधिराज्य बेलायत, अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डा निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो ।

बैठकमा प्रस्तावित राजदूतत्रयले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रबर्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए । प्रस्तावित राजदूत डा खतिवडा विरुद्ध तीन र रेग्मी विरुद्ध एउटा उजूरी परे पनि उजुरीकर्ता भने समितिसमक्ष उपस्थित भएनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!