तमु धिं नेपालका पदाधिकारीले गुरुहरुबाट आशीर्वाद ग्रहण गरे

SHARE:

तमु प्ये ल्हु संघ र बौद्ध अर्घौं सदनद्धारा बधाई ज्ञापन

पोखरा २८ कार्तिक । तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट मंगलवार बिहान आशीर्वाद ग्रहण गरेका छन्। गुरुहरुको आशीर्वाद ग्रहणबाटै तमु धिंको पदाधिकारीले गतिविधी शुरु गर्ने भएको हो।

कार्तिक ६ गते निर्विरोध निर्वाचित भए पनि तत्कालै दशैका साथै कोरोना संक्रमण बृद्धिले आन्तरिक तयारी बाहेक खासै गतिविधी शुरु नगरेको तमु धिं पदाधिकारीले तमु जातिका खेगीहरु पच्यु, क्ल्हेपी, बोन्पो लम र लामा गुरुहरुबाट आशीर्वाद ग्रहण गरी कार्यप्रारम्भ गरेको बताइएको छ।

मंगलवार बिहान पोखरा ११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघको परिसरमा अवस्थित फलिना क्होइबोमा नवनिर्वाचित पदाधिकारीहरुले पच्यु समितिका अध्यक्ष कुलप्रसाद क्रोम्छे तमु, क्ल्हेप्री समितिका अध्यक्ष लोकबहादुर टु तमु र बोन्पो लम समितिका अध्यक्ष गंगाबहादुर तमुबाट आशीर्वादका साथै रिपा ग्रहण गरेका थिए।

आशीर्वाद ग्रहणसँगै तमु प्ये ल्हु संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष हितकाजी तमु लगायतले क्रेगी लगायत मालाबाट बधाई ज्ञापन गरिएको थियो।
कार्यक्रममा तमु धिं नेपालका नवनिर्वाचित अध्यक्ष हुमबहादुर तमुले गुरुहरुको आशीर्वादले तमुहरुमा सहकार्य, एकता र शक्ति स्थापित हुने प्रेरणा मिल्ने भएकाले तमु धिं सधै हातेमालो गरेर अघि बढ्ने बताए।संस्थाहरु प्रकृति अनुसार भुमिका केही फरक हुनसक्छन तर सबै एउटै मालामा गासिएर अघि बढ्न आग्रह गर्दै बधाइका लागि तमु प्ये ल्हु संघ केन्द्रीय समिति, प्रदेश,जिल्ला, आमा समितिलाई धन्यवाद दिए ।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी तमुले अन्त्यन्तै राम्रो टिम तमु धिं नेपालका नेतृत्वमा निर्वाचित भएकाले धेरै आशा, अपेक्षाहरु गरेको बताउदै तमुहरु एक भएर आफ्नो पहिचान, मौलिकता, सामुदायिक अधिकारका लागि जुट्नुपर्ने बताए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आइबहादुर तमुले स्वागत र महासचिव हर्क बहादुर योज तमुले कार्यक्रम संचालन गरेका थिए ।

यसै गरी उक्त कार्यक्रम पश्चात मंगलवार बिहान नै पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदन गुम्बाका प्रमुख लामा एवम गुरुङ(तमु) लामा बौद्ध धर्म सामाज केन्द्रका अध्यक्ष खेन्पो शिर लामा, खेन्पो सन्तोष तमु लगायतका गुरुहरुबाट कार्यकालको सफलताको आर्शिबादका साथ तमु धिं पदाधिकारीले रिपा र खादा ग्रहण गरेका थिए।

यसरी नै बौद्ध अर्घौं सदन परिवारबाट तमु धिं नेपालका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियो। सदनका प्रमुख लामा खेन्पो शिर लामा, खेन्पो सन्तोष तमु, सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमु लगायतले बुके र खादाद्धारा सम्मान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष हुमबहादुर तमुले लामा गुरुहरु र बौद्ध अर्घौं सदन परिवारलाई धन्यवाद व्यक्त गर्दै आफुहरु सधै सकरात्मक सोंच, सहकार्य, एकता र तमु सामुदायिक हितका लागि जुटिरहने प्रतिबद्धता जनाए।

बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमुले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै तमु धिंलाई गरिमामय संस्थाको रुपमा स्थापित गरेकोमा निर्वतमान अध्यक्ष कर्म तमुको प्रसंसा गरे। तमुहरु एकतावद्ध भए राज्यबाट धेरै अधिकार प्राप्त गर्न सकिने बताए। उक्त कार्यक्रमको संचालन सदनका सचिव मोतिप्रसाद तमुले गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!