शेर्पा संघ बेलायतको अध्यक्षमा आङदावा निर्वाचित

SHARE:

लन्डन मंसिर ३ । शेर्पा संघ बेलायतको अध्यक्षमा आङदाबा च्याबा शेर्पा निर्वाचित भएका छन् । संघको आइतबार विशेष अधिवेशनबाट सर्वसम्मतरुपमा चाबा शेर्पा अध्यक्षमा चयन भएका हुन् । यसअघिका अध्यक्ष साना शेर्पाको कोरवना भाइरसका कारण निधन भएपछि नयाँ अध्यक्ष छानिएको हो ।

नवनिर्चाचित समितिका प्रथम उपाध्यक्षमा ङवाङ योन्तेन ग्याछो लामा शेर्पा, उपाध्यक्ष आङलाक्पा शेर्पा, महासचिवमा रिन्जी शेर्पा लामा, सचिवमा श्रीमती डोल्मा शेर्पा, कोषाध्यक्षमा नुरी शेर्पा र सहकोषाध्यक्ष काजी शेर्पा रेडिङ रहेका छन् ।

यसैगरी सँस्कृति याङजी शेर्पा, सँस्कृति सहसचिवमा आङदाली शेर्पा, मिडिया सचिवमा मिङमा नुरु शेर्पा रहेका छन् । सदस्यहरुमा सोनाम शेर्पा, नोर्बु शेर्पा, श्रीमती छिरिङ शेर्पा, दाबा छिरिङ शेर्पा, ल्याक्पा शेर्पा रहेका छन् ।

विश्व शेर्पा संघ प्रमुख अतिथि आङदोर्जे लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा र विभिन्न देशका शेर्पा किदुगका अध्यक्षहरु अतिथिका रुपमा रहेका थिए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!