
लन्डन मंसिर ४ । तमु धिं लन्डन इकाईले भर्चुअल देउसी-भैलो कार्यक्रमबाट ६ लाख ९० हजार संकलन गरेको छ ।
यस वर्षको तिहार पर्वमा भिडियो जुमको मध्यमबाट शुभकामना आदानप्रदानसहित तमु धि लन्डन इकाईले भैलो कार्यक्रम गरी ३ दिनमा ६ लाख ९० हजार रुपैयाँ (४५ सय पाउन्ड) उठाउन सफल भएको हो । विगत पनि तमु धिं लन्डन इकाईले तिहारमा विशेष कार्यक्रमसहित शुभकामना आदानप्रदान गर्दै देउसी भैलो आयोजना गर्थ्यो ।
विदेशभूमिमा रहे तापनि आफ्नो भाषा कला र संस्कृति कायम रहोस् र संस्थामा थोरै भए पनि आर्थिक वृद्धि गर्ने उद्देश्यले लक्ष्मी पूजाको दिनदेखि भाइटीकाको साँझसम्म देउसी-भैलो कार्यक्रम गरिएको तमु धिं लन्डन इकाइले जनायो ।
कार्यक्रममा तमु धिं यूकेका अध्यक्ष, उपाध्यक्षलगायत तमु धिं लन्डन इकाईका विभिन्न पदाधिकारीहरु र आमा समूहबाट शुभकामना दिँदै भैली दान प्रदान गरेका थिए । यस वर्षको देउसी भैलो कार्यक्रममा संयोजक आमा समूहकी कोषाध्यक्ष बिनु गरुङ र आमा समूहकै महासचिव हेलिसा गुरुङले गरेका थिए ।
कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ, कार्यसमिति सदस्य Rock गुरुङको सक्रिय भूमिका रहेको थियो । साथै आमा समूहका सम्पूर्ण दिदीबहिनीहरु, तमु धिं लन्डन इकाईका संरक्षक, ट्रस्टिजहरु, सल्लाहकारहरु अध्यक्ष, उपाध्यक्ष, संस्कृति सचिव कुमार गुरुङ (बॉंसुरी) को उल्लेखनीय भूमिका र साथ रहेको थियो ।
तमुधिं लन्डन इकाईले भाइवर र जुममार्फत खेलिएको देउसी भैलो कार्यक्रममा दक्षिण दिई सहयोग गर्ने सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरु र सम्पूर्ण सदस्य र शुभचिन्तकहरुप्रति आभार प्रकट गरेको छ ।







