कियाचु यूके थुरोक शाखाको अध्यक्षमा युवराज इस्बो

SHARE:

नगेन्द्रराज नेम्वाङ
लन्डन मंसिर ९ । किरात याक्थुङ्ग चुम्लुङ्ग यूके थुरोक शाखाको अध्यक्षमा युवराज इस्बो सर्वसहमतिमा चयन भएका छन् । गत २२ नोभेम्बर आइतबार भएको शाखाको चौथो अधिवेशनबाट इस्बो अध्यक्षमा निर्वाचित भएका हुन् ।

इस्बोको नेतृत्वमा दुई उपाध्यक्षमा पदबहादुर याक्सो र देउमान लिबाङ्ग, सचिव बिनु लिबाङ्ग, सहसचिव देवेन्द्र ताम्लिङ्ग, कोषाध्यक्ष लक्ष्मीप्रसाद लिबाङ्ग, सहकोषाध्यक्ष डम्बर इङ्गनाम सर्व सहमतिमा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष कृष्ण कुरुम्बाङ्गले लिम्बु भाषामा शपथ ग्रहण गराएका थिए ।

कियाचु यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्‍न अधिवेशनको सुरुवात सचिव सेरु इङ्नामले जुम प्रविधिद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई आशनग्रहण गराउँदै अध्यक्ष दलकुमार आङ्देम्बेले दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । लगत्तै कार्यकालभरिमा दिवंगत भएका सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

अधिवेशनमा अध्यक्ष दलकुमार आङ्देम्बेले तीन वर्ष कार्यकालभरिको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मीप्रसाद लिबाङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनलाई अधिवेशनले ताली बजाई सम्मान प्रकट गरेका थिए ।

जुम प्रविधिद्वारा ग्रेजवासी लिम्बुहरुको बाक्लो उपस्थिति रहेको अधिवेशनमा सलिस मञ्च यूकेका अध्यक्ष टंक खापुङ्ग, टिएनजीसीका पूर्वअध्यक्ष युवराज माबो, सलिस मञ्‍च यूके थुरोक शाखा अध्यक्ष कृष्ण कुरुम्बाङ्ग लिम्बु, हङकङबाट अभिनेता किशोर पन्धाक, चुम्लुङ शाखाका सल्लाहकार लेखक गम्भीरध्वज तुम्बाहाङ्फेको विशेष उपस्थिति रहेको थियो ।

अध्यक्ष आङ्देम्बेले आफ्ना कार्यकालमा सहयोग गर्ने संस्थाका सम्पूर्ण सदस्यहरुलाई धन्यवादसहित हार्दिक आभार प्रकट गर्दै कार्यसमिति विघटन गरी कार्यक्रम निर्वाचन मण्डललाई सुम्पेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष आङदेम्बे, प्रमुख अथिति नेम्वाङ्ग, निर्वाचन मण्डलका अध्यक्ष कुरुम्बाङ्गले बधाई तथा कार्यसफलताको शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष इस्बोले कार्यसफलताको लागि सबै सदस्यहरुबाट सहयोगको अपेक्षा राख्दै कार्यकालमा आफूले गर्न सक्ने विभिन्न प्रतिबद्धताको मन्तव्य राखेका थिए ।

दलकुमार आङदेम्बेको अध्यक्षतामा सम्पन्‍न अधिवेशन सचिव सेरु इङ्नाम लिम्बु र सहसचिव राधा आङ्देम्बे खजुमले सञ्‍चालन गरेका थिए भने दोस्रो खुला सत्र निर्वाचन मण्डल सचिव नेत्र खजुमले सञ्‍चालन गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष इन्द्र पन्धाक लिम्बुले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!