ताम्सालिङ लोकतान्त्रिक परिषद् गठन

SHARE:

काठमाडौं मंसिर १४ । नेपाल लोकतान्त्रिक पार्टीको भ्रातृ संस्था ताम्सालिङ लोकतान्त्रिक परिषद् गठन भएको छ । उक्त पार्टीको शनिबार संघीय अध्यक्ष भानुराम डगौरा थारुको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले बृतबहादुर तामाङको संयोजकत्वमा ताम्सालिङ लोकतान्त्रिक परिषद् गठन गरेको हो ।

उपमहासचिव हितबहादुर तामाङ मोक्तानका अनुसार पार्टी विधानको परिच्छेद १२ मा व्यवस्था भएको परिषद्, भातृसंस्था तथा पेशागत शुभेच्छुक संगठनहरु गठन गर्ने व्यवस्थाअन्तर्गत धारा १५९ मा व्यवस्था भएको परिषदहरु शीर्षकअन्तर्गत १. को (ञ) मा बमोजिम परिषद् गठन गरी स्थायी कमिटी सदस्य बृतबहादुर तामाङलाई संयोजकमा मनोनीत गरिएको जानकारी दिए । उनका अनुसार सदस्यहरु पछि मनोनीत गरिनेछ ।

संगठनमा भएका तामाङ सदस्यहरुलाई एकीकृत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा तामाङ समुदायसँग संघसंस्था, व्यक्तिहरुमाझ समन्वय गर्दै तामाङ समुदायको राजनीतिक पहुँच, समस्या र तामाङ समुदायभित्र रहेका विभिन्न समस्याहरुलाई परिषद्ले उठाउने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!