नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन

SHARE:

लण्डन- नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने एवं दुइ देशबीच आर्थिक गतिविधिहरुको अभिवृद्धिका लागि नेपाली राजदूतावास, लण्डन तथा माल्टाका व्यवसायी तथा लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना भएको छ। माल्टाका प्रसिद्ध व्यवसायी श्री टोमस मिकालौकास यस च्याम्बर अफ कमर्शको अध्यक्ष रहनुभएको छ भने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष श्री सोम सापकोटा, सचिव श्री शंकर खाती र कोषाध्यक्ष श्री ओलेग ज्याकोभलेस रहनुभएको छ।संस्थाको संरक्षकमा माल्टाका लागि महामहिम नेपाली राजदूत रहनुभएको छ। माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहहादुर सुवेदीले उहाँको १७ जनवरी २०२० मा भएको माल्टाको औपचारिक भ्रमणको अवसरमा माल्टा- नेपाल च्याम्बर अफ कमर्श गठनको घोषणा गर्नुभएको थियो।

माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा संस्थाका संरक्षक महामहिम डा. दुर्गा बहादुर सुवेदीले नेपाल र माल्टाबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र दुवै देशले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न तथा आर्थिक सहकार्यका लागि निरन्तर कार्य गरिरहेको बताउनुभयो। साथै उहाँले माल्टा र नेपालबीच व्यापारिक सहकार्यको ठूलो सम्भावना रहेको र माल्टा नेपाल च्याम्बर अफ कमर्शको स्थापनाबाट दुई देशबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने बताउनुभयो।

माल्टा-नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष श्री टोमस मिकालौकासले माल्टा र नेपाल दुवै लगानी तथा व्यापारका लागि उच्च सम्भावना भएका देशहरु रहेको र यस संस्थाले माल्टा र नेपालबीचको सहकार्यमा व्यापार तथा लगानी गर्न इच्छुक व्यवसायी तथा लगानीकर्ताहरुलाई सहयोग तथा सहजीकरण गर्ने बताउनुभयो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!