तमु धिं नेपालमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना

SHARE:

पोखरा, २४ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलवार तमु महिलाहरुलाई लैङ्गिक हिंसा र कानुनी सचेतना कार्यक्रम गरिएको छ।

कोभिड १९ कोरोनाको कहर बिचको अवस्थामा पनि आवाश्यक स्वास्थ्य सतर्कताका साथै भौतिक दुरी कायम राख्दै तमु धिं नेपाल केन्द्रिय आमा समितिले तमु महिलाहरुलाई प्रशिक्षित गरिएको हो।

प्रमुख अतिथि गण्डकी प्रदेश सभासद मिना गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै म हिंसा गर्दिन भन्ने वातावरण बनाउन आमाहरु जुट्नुपर्ने बताइन् । सबै भन्दा पहिला आफु हिंसामुक्त हुदै घर, समाज र राष्ट्रलाई हिंसारहित बनाउनुपर्ने बताइन् ।

तमु धिं नेपालको नारी समितिकी पुर्व संयोजकसमेत रहेका प्रदेश सभासदस्य गुरुङले महिलाहरु सहनशिल मात्रै नभई सचेत, सामाजिक, साँस्कृतिक, राजनीतिक चेतनासहितको नेतृत्व गर्न अघि बढ्नुपर्ने बताइन् ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ऐतिहासिकता, लिङिय आधारमा हुने विभेदका साथै हिसांका स्वरुपका बारेमा जानकारी गराएका थिए । सचेतना, जागरुकता बिना हिंसा न्युनिकरण गर्न नसकिने भएकाले आमाहरु सचेत भई हिंसा विरुद्ध अभियानमा जुट्नुपर्ने उनको आव्हान थियो ।

कार्यक्रममा लैङ्गिक हिंसा र कानुनी विषयमा सहजीकरण गर्नुहुदै तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले बोल्ने सँस्कृतिको विकास नगरेसम्म पल पलमा लैङ्गिक हिंसा भईरहने बताए । लिंगकै आधारमा किन असमानता, विभेद मात्रै होइन हिंसाको अवस्थासम्म उत्रन्छन, किन चुप बस्छन भन्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक लिङ्गको विरुद्ध अर्को लिङ्ग हुदै नभएको उनको भनाई थियो। हिंसा, लैङ्गिक हिंसा, नेपाली समाजको व्यवहारिकता र ऐन कानुनमा भएका व्यवस्थाका बारेमा तमु महिलाहरुलाई जानकारी उनले गराएका थिए ।

तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पवित्र गुरुङले स्वागत र महासचिव विना घलेले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा आमा समितिलाई सहकोषाध्यक्ष आसकाशी गुरुङको छोरी स्मिता गुरुङको तर्फबाट ५ हजार ५ रुपैयाँ सहयोग गरिएको थियो ।

यसैबीच नेपाल स्टारको टप १० प्रतिस्पर्धी पोखरेली चेली एलिना गुरुङलाई स्टारको उपाधि दिलाउन आमा समितिका आमाहरुले ५ हजार २५० रुपैयाँ सहयोग गरेको एलिना गुरुङ जिताऔं समितिकी सदस्य समेत रहेकी पवित्रा गुरुङले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!