हाम्रो जीवनमा योगा र ध्यानको महत्व : योगी नगेन्द्र नेम्वाङ

SHARE:

भनिन्छ उपचार गर्नुभन्दा रोग लाग्नबाट बच्नु उत्तम उपाय हो । हाम्रो दैनिक ब्यस्त जीवनमा शारीरिक, मानसिक तन्दुरुस्त स्वस्थ अनि खुशी हुनको लागि विभिन्न ब्यायाम, योगा ध्यान गर्ने गरिन्छ । कुनै पनि कुरालाई बदल्नु छ भने सुरु आफैंबाट गर्नु पर्छ भने जस्तै मनोक्रान्ति योगी नगेन्द्र नेम्वाङज्युले पनि आफ्नो दैनिकीलाई बदलेर समाजलाई स्वस्थ राख्न हिमालय योगा सेन्टर खोली सेवा पुर्‍याउनु भएको छ ।

कोभिड-१९ महामारीको विषम परिस्थितिमा पनि भर्चुअल जुममार्फत योगाको आसनहरुबाट योगाभ्यासको सेवा दिइरहनुभएको छ । योगा के कस्तो, कहाँ किन महत्त्वपूर्ण यी विभिन्न कुराहरुको बिस्तृत जानकारीका लागि नगेन्द्र नेम्बाङसँग गोमा रानाले गरेको कुराकानी ।

1. आजभोलि योगातिर ब्यस्त भएको जस्तो लाग्यो । तपाईंले योगा सेन्टर खोलेको कुरा सुनिन्छ, सबभन्दा पहिलो कुरा त योगा भनेको के हो र कहिलेदेखि योगा गर्न लाग्नु भयो ?
शरीर र व्यायामको माध्यमद्वारा स्वस्थ्य र आनन्द प्राप्तिको लागि
गरिने कार्यलाई योगा भनिन्छ । योगा सुरु गरेको दुई दशक भयो ।

2. मनोक्रान्ति योगालाई नै किन रोज्नुभयो ?
योगाको इतिहास प्राचीनकालदेखि सुरु भएको पाइन्छ । ८४ लाख आसनहरु छन् सबै आसनहरुलाई बुझ्नका लागि मनोक्रान्ति योगामा गुरु डाक्टर योगी बिकासानन्दज्युले सुत्रसहित क्रमबद्ध रुपमा सजिलै बुझ्नको लागि वैज्ञानिक तरिकाले परिमार्जित गर्नु भएको छ त्यसैले मनोक्रान्ती योगा रोजियो ।

3. मनोक्रान्ति योगाले तपाईंलाई के के फाइदा पुर्‍याएको छ र यो योगा गर्नु किन जरुरी छ ?
बाँच्ने कला भेटिएको छ । शारीरिक समस्या ढाड दुखाइ, कम्मर, घुँडा, टाउको दुखाइबाट सदाको लागि मुक्त पाएको छु । योगा अहिले समयको माग हो योगाले सानोतिनो रोग लाग्नुबाट बच्न सकिन्छ जीर्ण दीर्घ रोगहरु निको नभए पनि केही राहत भने मिल्छ योगाबाट ।

4. मनोक्रान्ति हिमालयन योगा सेन्टर खोल्नुको मुख्य उद्देश्य के हो ? र यो सामुदायिक सहयोगको लागि हो कि व्यावसायिक रुपले खोल्नु भएको हो ?

हिमालयन योगा र रेकी मेडिटेसन चाहिँ दुवै हो । व्यावसायिक पनि सामुदायिक पनि र अर्को हाम्रो मनोक्रान्ति टिमले मनोक्रान्ति योगा क्लब फार्नबोरोमा पनि खडा गरेका छौं । जसमा मेरो नेतृत्वमा मलाई सहयोग गर्नु हुने धनकुमार नेम्बाङ्ग, सचिव भगिश्वर चोङ्बाङ्ग र कोषाध्यक्ष नरेन्द्र तुम्बापो हुनुहुन्छ । कुनै समुदायहरुको माग आएमा नि:शुल्क कार्यक्रम पनि दिन तयारी छौं र प्रत्येक आइतबार न्युनतम शुल्क लिएर योगा कक्षा संचालन गरी संकलित रकम नेपालमा अपाङ्ग अशक्तहरुलाई आर्थिक सहयोग गर्ने अभियान पनि सन्चालन गरिरहेको छौं ।

5. योगा गर्ने उत्तम समय कुन बेला हो र किन ?
योगा गर्ने उत्तम समय बिहान ४ देखि ६ बजेसम्म मानिन्छ । त्यो समय स्वच्छ र शान्त वातावरण हुन्छ । प्रकृतिको उर्जा अधिकतम रुपमा लिन सकिन्छ ।

6. तपाईं आफैं पनि पत्रकार तर पत्रकारितालाई निरन्तरता नदिइकन आध्यात्मिकतर्फ लाग्नुको मुख्य कारण के हो ?
पत्रकारितालाई पनि निरन्तरता दिइरहेको छु । अध्यात्ममा मात्र स्वास्थ्य आनन्द र शान्ति मिल्छ । बाँकी जीवन आनन्दमय बिताउने हेतुले अध्यात्मतिर जीवनको बाटो मोडेको हो ।

7. बेलायत जस्तो ब्यस्त ठाउँमा योगा गर्नु कत्तिको महत्वोपूर्ण रहेछ ?
जनमानसमा अहिलेको समस्या भनेकै मानसिक तनाव हो । यो समस्या ब्यस्त जीवनशैलीबाट सुरुआत हुन्छ र यसबाट बच्न अन्तिम बिकल्प भनेको योगा नै हो । तनावग्रस्त जिन्दगी जिउनुभन्दा जसरी पनि समय तालिका मिलाएर योगा गर्नु पर्ने देखिन्छ ।

8. तपाईंको पारिवारिक जीवनमा यो योगाले कस्तो प्रभाव पारेको छ ?
योगामा मनको अवस्थालाई पनि ब्याख्या हुन्छ । प्रेम, भावना, कल्पना, करुणा, दया, माया यति बुझेपछि पारिवारिक झै झगडा झमेला हुनबाट बचिन्छ ।

9 जीवन के हो जस्तो लाग्छ तपाईंलाई ?
गुरु डाक्टर योगी बिकासानन्द भन्नुहुन्छ, जीवन एक अवसर हो यसको भरपुर उपभोग गर्नु पर्छ । एउटा गीतको याद आइरहेको छ छुट्टी छोटो छ मायाको सम्झना दिलमा फोटो छ । बाँच्ने कला भेटियो जीवन साह्रै छोटो छ शरीरमा रोग लाग्यो भने जीवन व्यर्थ छ ।

10 ध्यान पनि गर्नुहुन्छ ?
मनोक्रान्ति योगामा ध्यान अनिवार्य हुन्छ । जिन्दगी शरीर मन र आत्मा तीन चिजको समायोजन हो । योगासनले शरीरलाई मात्र हुन्छ, मनमा आनन्द प्राप्तको लागि ध्यान पनि अनिवार्य गर्नु जरुरी छ ।

11. तपाईं हरहमेसा हसिलो फ़ुर्तिलो देख्नु हुन्छ, हास्नु स्वास्थ्यको लागि किन जरुरी छ हामीलाई पनि टिप्स दिनु हुन्छ कि ?

हासो मनोक्रान्तिको परिचय हो गुरु डाक्टर योगी बिकासानन्दज्युले सिकाउनु भएको नियमित हास्ने हो भने मुटुरोग लाग्नबाट बचिन्छ । रोग प्रतिरोधात्मक क्षमता क्रियाशील हुन्छ । पेट मिचीमिची हास्दा फोक्सोलाई पनि ब्यायाम हुन्छ । मानसिक रुपमा तनाव हुनबाट छुट्कारा पाइन्छ । हासोबाट धेरै फाइदा हा हाहा हा हा हा हा ।

12 योगाको बारेमा त कुरा गर्‍यौं खाना सम्बन्धी पनि छोटकरीमा बताइदिनुहुन्छ कि ?
रोग लाग्नुको मुख्य कारणमध्ये खानेकुरामा ज्ञान नहुनु पनि एक हो । हामीले दैनिक खाइरहेको खानेकुरा सेतो चामल, सेतो चिनी, सेतो मैदा, सेतो नुन चिल्लो चिप्लो बोसो स्वास्थ्यको लागि लाभदायक मानिदैन । त्यसैले रोग लाग्नबाट बच्ने हो भने सेतो चामलको ठाउँमा खैरो चामल (ब्राउन राइस), सेतो चिनीको साट्टो सख्खर, मह प्रयोग गर्ने, सेतो मैदाको ठाउँमा चोकरसहितको खैरो आटा सेवन गर्ने, सेतो नुनको मात्रा घटाउने, चिल्लो बोसो कम खाने, हरियो तरकारी काचो सलाद, काचो प्याज खानेकुरामा अनिवार्य समावेश गर्ने, पानी दिनको एकदेखि दुई लिटर पिउने, योग व्यायाम ३० देखि ९० मिनेटसम्म दिनको अनिवार्य गर्नु पर्दछ । शारीरिक रुपमा स्वस्थ्य तन्दुरुस्त र मानसिक रुपमा खुशी र आनन्द प्राप्त गरी सुखी जीवन जिउने कला मनोक्रान्ति दर्शनमा पाइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!