सन्तोष साहले आफूमात्र होइन, सबैलाई जिताउनुभयो

SHARE:

कृष्ण गुरुङ
‘नेपाली’ मन हो, ‘नेपाली’ पन हो, ‘नेपाली’ माया हो- संसारको जुन कुनामा जाऔं, नेपाली हो नेपाली भन्‍न पाउँ
आज फेरि हामी सम्पूर्ण नेपाली (गैरआवासीय) हरुलाई गर्वको महसुस भएको , अनि बनाउनु भएको छ सन्तोष साह भाइले
सेफ सन्तोस साहले नेपाली खानालाई त फ्रेन्च खानाको तुलनामा उभ्याइदिए । त्यत्तिमात्र कहाँ हो र नेपाल र नेपाली मौलिक संस्कृति, खाना अनि ‘अथिति देवो भब’ को अचुक प्रस्तुति वाह !

सबैभन्दा ठूलो सन्तोष साहबाट मैले सिकेको, मन छोएको पाटो हो उसको सरलता, सिक्न चाहने प्यासन, शेयर गर्ने प्यासन अनि आफ्नो आमा अनि देशप्रतिको माया हार्ट टचिङ थियो ।

उसले चाहेको भए २० वर्षको अनुभवसहितको इन्डियन खाना पस्केको भए उसले जित्ने थियो, अवसर पनि धेरै पाउने थियो किनकि इन्डियन पपुलेसन र डिमाण्ड हाई छ तर उसले आफ्नो मनको सुन्यो, नेपाल सम्झ्यो, आमालाइ सम्झ्यो, आमाले बनाएको टिफिन सम्झ्यो । फेरि मनलाई भन्यो बिस्तारै मुट्ठी कसेर जेसुकै होस् बस म मेरो लागि, देशका लागि अनि आमाको लागि नेपाली मास्टर सेफ बन्छु ।

सन्तोष साहको अगाडिको बाटो कठिन छ, नेपाली कुलिनारीलाई एक्लैले विश्वमा चिनाउनु ठूलो चुनौती हो । सायद सन्तोषले इन्डियन खाना बनाएको मास्टर सेफ जित्ने थियो अनि उसलाई अहिले ताज ग्रुप, इन्डियन सरकार अनि संस्था, टिभी शोमा देखिएर मात्र पनि उ सेलिब्रेटी भइसक्थ्यो ।

आशा गरौं, नेपालको पर्यटन अनि नेपाललाई संसारमा परिचित गराउने यो अवसर नेपाल सरकारले केही गरोस् (कसरी ? मलाई सोधे १०० वटा तरिका प्रस्तुत गरिदिन्छु )

अनि यूकेमा भएका थुप्रै संघसंस्थाले क्रियटिभ भएर उसको सम्मान गरोस् जुन सम्मानले सन्तोष साहको मनोबल १० गुणा बढोस् अनि हामीलाई पनि नेपाली (गैरआवासीय ) हुनुको गर्व होस् ।

सन्तोष साह भाइ तपाईंले आफूले मात्र होइन हामी सबैलाई जिताउनु भएको छ, हार्दिक धन्यवाद सन्तोष भाइ ।

मैले मेरो गोरा साथीलाई गर्वको साथ भनें सन्तोष साह इज फ्रोम नेपाल

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!