सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष लम्बियो

SHARE:

लन्डन पुस ५ । सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप भएको छ ।

सहारा यूकेको शनिबार ‘भर्चुअल’ माध्यमबाट सम्पन्‍न वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुमार गुरुङको अध्यक्षतामा रहेको छैटौं कार्यसमितिलाई नै थप एक वर्ष निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै वर्तमान कार्यसमितिकै म्याद बढाउने निष्कर्षमा अधिवेशन पुगेको संस्थाका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् । उनका अनुसार एक वर्षपछि अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिनेछ ।

अधिवेशनमा महासचिव धनु थकाली र कोषाध्यक्ष शारदा गुरुङले प्रस्तुत गरेका वार्षिक एवम् आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । त्यस्तै, पूर्वअध्यक्ष दिलीप गुरुङ (एमबीइ) को संयोजकत्वमा सदस्यहरु कृष्ण गुरुङ र दिलरास गुरुङ रहेको विधान संशोधन समितिका तर्फबाट प्रस्तावित विधान संशोधन प्रस्ताव पनि पारित गरिएको छ ।

अधिवेशनमा संस्थाको कार्यसमितिका पदाधिकारी, सल्लाहकार, साधारण सदस्य लगायतको सहभागिता थियो । कार्यसमितिमा उपाध्यक्ष लेफ्टीनेन्ट रि. कुसाङ गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सह-कोषाध्यक्ष प्रकाश गुरुङ, सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, सहारा एफसी सिइयो, मनोज गुरुङ, खेलकुद सचिव कुमार थापा र युवा खेलकुद संयोजक सन्दिप उपाध्याय छन् ।

त्यसैगरी, सदस्यहरुमा मिलन तमु, एम कुमार गुरुङ, मन्जु गुरुङ राई, सुधा गुरुङ, योगेश गुरुङ, इश्वर गुरुङ, विश्वजंग गुरुङ, गणेश थापा र जगन गुरुङ छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!