सहारा यूकेका उपाध्यक्ष ले.रि. कुसाङ आदर्श तमु २०२० अवार्डबाट सम्मानित

SHARE:

लन्डन पुस ५ । तमु धिं यूकेले सहारा यूकेका उपाध्यक्ष ले.रि.कुसाङकुमार गुरुङलाई सम्मान गरेको छ ।

तमु धिं यूकेको आइतबार भएको २० औं साधारणसभा तथा ११ औं अधिवेशनका क्रममा उनको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै आदर्श तमु २०२० अवार्डबाट सम्मान गरिएको हो । तमु धिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले उनलाई दोसल्ला ओढाएर अवार्डबाट सम्मान गरे । तमु धिं यूकेले हरेक वर्ष आदर्श तमु  अवार्ड एक जनालाई यो अवार्डबाट सम्मान गर्दै आइरहेको छ ।

सम्मान ग्रहणपछि ले.रि गुरुङले तमु धिंले आदर्श तमु अवार्डजस्तो उच्च अवार्डबाट सम्मान गरेकोमा आभार प्रकट गरेका छन् । उनी पर्वतको ठानामौलामा दिलबहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखमा पहिलो सन्तानको रुपमा जन्मिएका भद्र, सालिन व्यक्तित्वका रुपमा सबैका बीच परिचित छन् ।

बेलायती सेनाका सेवानिवृत्त ले.गुरुङ धावकको रुपमा समेत चर्चित छन् । उनले प्रारम्भिक शिक्षा जन ज्योति निम्न माध्यमिक विद्यालयबाट सुरु गरेका थिए भने माध्यमिकस्तरको अध्ययन सहिद माध्यमिक विद्यालय पन्चमूल स्याङ्जाबाट पूरा गरेका छन् ।

विश्वकै एकदमै कठिन मानिएको कोटाकिनाबालु दौड प्रतियोगितामा ले.रि. गुरुङले १९९१ देखि १९९३ सम्म तीन पटक लगातार जितेर किर्तीमानी कमाएको ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ अहिलेसम्म कसैले तोड्न सकेको छैन । सन् १९८३ मा बेलायती सैनिक सेवामा भर्ना भएका उनी ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री बिजेता (१० पटक भन्दा बढी), ब्रिटिस फोर्सेस खुद रेस बिजेता, ब्रिटिस आर्मी क्रस कन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथ्लेटिक्स समूह स्वर्ण पदक, फोर पिक रेस हङगकङ किर्तिमानी समयसहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेष्ट म्याराथन रजत पदक जितेका छन् । भने यसबाहेक १२ वटा म्याराथन दौड तथा २३ वटा हाफ म्याराथन उनले पूरा गरेका छन् ।

किर्तिमानधारी धावक तथा समाजसेवी गुरुङ करिब एक दर्जन संघ–संस्थामा रहेर खेलकुद र सामाजिक अभियानमा बेलायतमा नै रहेर सक्रिय छन् । उनी तमु धिं यूकेको सल्लाहकार, चार भन्ज्याङ तमु समाज यूकेमा सल्लाहकार, एनआरएन यूकेका सल्लाहकार, क्याम्बर्ली नेप्लिज गोर्खा सोसाइटीको सल्लाहकार, पर्बत वेलफेयर सोसाइटी सल्लाहकार र सहारा यूकेको उपाध्यक्ष तथा, ह्रन्मै समाज यूकेका अध्यक्ष छन् ।

विशेषगरी लामो दौड र गल्फ खेल्न मन पराउने उनी धर्मपत्नी पन्चकुमारी गुरुङ, छोरा कुन्जन र छोरी प्रिप्तीसहित हाल यूकेको क्याम्बर्लीमा बसोबास गर्दै आइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!