अरुणालाई जिताउन पोखरामा अभियान सुरु, एकैदिन ३ लाख ८२ हजार संकलन

SHARE:

सुदर्शन रञ्जित
पोखरा पुस ११ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एन.एस.जे.एफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी अरुणा शाहीलाई जिताउन आर्थिक संकलन अभियान पोखरामा सुरु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ र कास्की जिल्ला भलिबल संघले नेपाल भलिवल टिमकी कप्तान समेत रहेकी अरुणालाई जिताउन पोखरामा एक कार्यक्रम गरी अभियान सुरु गरिएको हो । सुरु भएको अभियानमा एकै दिन ३ लाख ८२ हजार ६५१ रुपैयाा संकलन समेत भएको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले अरुणालाई जिताउन नगद सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलाडीलाई समस्या परेको बेला आफ्नो सहयोगको ढोका सदैव खुला रहेको बताए । उनले विगतमा पश्चिमाञ्चलले उत्पादन गरेका भलिबल तथा अन्य खेलका खेलाडीहरु विभागीय टिममा प्रवेश गर्दा गण्डकी प्रदेश कमजोर देखिएको बताउँदै अब उत्पादन हुने खेलाडीलाई प्रदेशमा टिकाई राख्न केही नयाँ कार्यक्रमहरु तय गरिने बताए । उनले मनोनयनमा परेकी अरुणालाई जिताउन सवैलाई अपिल समेत गरेका छन् ।

कार्यक्रममा क्षेत्रीय भलिबल संघले तेश्रो पटकसम्म राखेप सदस्यमा नियुक्त हुन सफल भएको भन्दै सम्मानपत्रबाट सम्मानित गरेको छ ।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायणप्रसाद शर्माले गण्डकी प्रदेशकी चेलीसमेत रहेकी अरुणालाई जिताउन सबैलाई आग्रह गरे । कुनैबेला नेपाली राष्ट्रिय भलिबल टिमका लागि अधिकांश महिला भलिबल खेलाडी उत्पादन गर्ने ‘क्विन अफ भलिबल’को उपाधि पाएको ज्ञानुवावा वोर्डिङका संस्थापक कृष्णबहादुर गुरुङले खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने विद्यालयलाई राज्यले कुनै सम्मान नर्गदा दु:ख लागेको बताए । भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले नेपालको भलिबल खेल विकासमा गण्डकीको अहम भूमिका रहेको बताउँदै अरुणालाई जिताउन सबैको सहयोगको खाँचो रहेको बताए ।
क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा भलिबल संघका सचिव डिवी नेपाली, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली, अरुणा शाहीलगायतले बोलेका थिए ।

को कसले गरे सहयोग
पश्मिाञ्चल क्षेत्रीय भलिबल संघ र पोखरा टाइगर ग्रुपले समान ५०–५० हजार, नवआदर्श सामाजिक समाजले ३५ हजार, दानबहादुर तामाङ २५ हजार, सोमप्रसाद गुरुङ र गोविन्द थापाले २५ हजार, ज्ञानुवावा आवासीय माविले २० हजार, ओम गुरुङ (हङकङ) २० हजार, जय बुद्ध कृषि फर्मका सञ्चालक वुद्ध गुरुङले १५ हजार ५१, राजु केसी (हाल अमेरिका) १५ हजार, कास्की जिल्ला खेलकुद विकास समितिले १० हजार ५१, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नारायणबहादुर भण्डारी, केदार पौडेल १० हजार, नारायणप्रसाद शर्मा १० हजार, दिपक थापा १० हजार, दर्शन मोनिका ट्रान्सपोर्ट १० हजार र कास्की जिल्ला भलिबल संघले १० हजार सहयोग गरेको छ ।

त्यस्तै सहयोग ५ हजार नगद गर्नेहरुमा याम गुरुङ, संजिव जिसी, सोमबहादुर गुरुङ, सुमन गुरुङ, तेजेन्द्र खाती, धनु थकाली पुरन र ए फोर जेड् छापाखाना रहेका छन् । माया गुरुङ, शान्ता गुरुङ र विद्या गुरुङले संयुक्त रुपमा ३ हजार सहयोग गरेका छन् भने दिनेश चौधरीले ३ हजार, योगेन्द्र वस्नेतले २ हजार नेत्र थापाले २ हजार, लेखनाथ लम्सालले २ हजार सहयोग गरेका छन् ।

संकलन अभियानलाई जारी राख्न क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापा संयोजक तथा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली सहसंयोजक रहेका ५ सदस्यीय कमिटी गठन गरिएको छ । समितिको सदस्यमा नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायणप्रसाद शर्मा, केन्द्रीय सदस्य राजकुमार गुरुङ, क्षेत्रीय भलिबलका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ र तारानाथ पाहारी रहेका छन् ।

यसअघि पोखरावाट राष्ट्रिय भलिबल टिमकी उपकप्तान रहेकी मञ्जु गुरुङ वर्ष अवार्डबाट पुरस्कृत भएकी थिइन् भने सिपोरा गुरुङ र सरस्वती चौधरीसमेत अवार्ड जितेकी थिइन् । मञ्जुले अवार्ड जितेकै कारण अहिले बैंकिङ क्षेत्रमा कार्यरत रहेका अग्रज पत्रकार सुदर्शन रञ्जितले बताए । उनले भने–“यो अवार्डका लागि अवार्डमात्रै होइन खेलाडीको जीवन अघि बढाउने र सामाजिक जीवनमा ‘एक्स्पोज’ हुने ठूलो माध्यमसमेत हो ।” उनले मञ्जु, सिपोरा र सरस्वतीलाई जस्तै गरी पोखरेलीहरुले अरुणालाई जिताउन सबैले सहयोग गर्नुपर्ने औंल्याए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!