ल्वों ल्हो स्वागत गर्दै तमु ह्युल चोकमा दिप प्रज्वलन

SHARE:

पोखरा, १४ पुस । तमु जातिको महान चाड, नयाँवर्ष तमु ल्होछार ल्वों ल्हो स्वागत गर्दै तमु धिं नेपालले मंगलवार बेलुका पोखरा १७, तमु ह्युल चोकमा दिप प्रज्वलन गरिएको छ ।

च्यु ल्हो(मुसा वर्ग)को बिदाई र ल्वों ल्हो(गाई वर्ग)स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ लगायत सहभागीहरुलेदिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले शुभकामना व्यक्त गर्नुहुदै विश्व कोरोनाले संक्रमण र मुलुक संवैधानिक संक्रमणमा परेको बेला ल्वों ल्होले दिप जस्तै उज्यालो प्रकाश लिएर आउने विश्वास व्यक्त गरे। शुभकामना व्यक्त गर्दै तमुहरुको एकतावर्षको रुपमा ल्वों ल्हो सावित हुने उनको दावी थियो।
यसरी नै शुभकामना व्यक्त गर्दै तमु ह्युल चोकका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद गुरुङले तमु समुदायको पहिचान र पोखराको पर्यटन प्रवद्र्धनमा तमु ह्युल चोकले महत्व राख्ने दावी गर्दै ल्होछार सुखमय हुने बताए।

कोभिड १९ कोरोना भाईरसको संक्रमणको अवस्था रहेकाले स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै आयोजित कार्यक्रममा तमु धिं कार्यसमिति सदस्य तथा तमु कलाकार संघ गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत मन्तव्य र कार्यक्रम संचालन तमु सहयोग समिति पार्दीका सचिव सु.गमबहादुर गुरुङले संचालन गरेका थिए।

दिप प्रज्वलनसँग नयाँ वर्गलाई स्वागतका लागि साँस्कृतिक प्रस्तुति गरी सहभागीहरुले खुशीयाली मनाएका थिए।
यस अघि बिहान तमु सहयोग समिति पार्दी र तमु कलाकार संघ गण्डकीका कलाकारहरुले तमु ह्युलचोक सरसफाई गरेको थियो।

यसैबिच ल्होछार कार्यक्रम अन्र्तगत पुस १५ गते समाजहरु, क्होइबो, गुम्बा, घरपरिवारमा सुरक्षित तरीकाले ल्होछार मनाउन तमु धिले आग्रह गरेको छ।
यसरी नै विगत करिब एक दशकदेखि पुस १६ गते कस्केली तमु संघ संस्थाहरुले सामुहिक रुपमा मनाउदै आएको ल्होछार÷ल्होसारलाई निरन्तरता दिने र तमु धिं नेपालको प्राङ्गणमा तमु ल्होछार मनाउने भएको छ। उक्त दिन तमुहरुको परम्परा खेल खुल्ला छेलो प्रतियोगिताले समेत निरन्तरता दिने भएको छ।सामुहिक ल्होछार÷ल्होसार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने सामुहिक ल्होछार÷ल्होसार मुल आयोजक समितिका संयोजक तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमुले जानकारी दिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!