तमु धिं यूकेले मनायो जुम प्रविधिमार्फत ल्होछार, कसले के भने ?

SHARE:

लन्डन पुस १६ । तमु धिं यूकेले मनायो जुम प्रविधिमार्फत ल्वों ल्हो (गाई वर्ग) ल्होसार अर्थात् नयाँ वर्ष मनाएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथि, विशेष अतिथि एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ र तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुसीमान ल्हेंगे एमभीओको उपस्थितिमा पुस १५ बुधबार ल्होछार कार्यक्रम मनाइएको हो ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र आमा समूहकी अध्यक्ष जगतमाया गुरुङले दीप प्रज्ज्वलन गरेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा संस्थाको मुखपत्र फ्रेंसी विमोजन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरि गुरुङले दिएका थिए । त्यस्तै संस्थापक सल्लाहकार डा चन्द्र गुरुङसहित सम्पूर्ण अतिथिहरुले नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङले कार्यभार लिएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा गायक सपनकुमार राई, मञ्जु गुरुङ, ममता गुरुङ, कुमार गुरुङ र रोहित गुरुङले मनोरन्जन दिलाएका थिए । तमुधिं का पूर्वमहासचिव तुलाराम गुरुङले कार्यक्रमको व्यवस्थापन मिलाएका थिए ।

तमु धिं युकेको ११ औं कार्यभार हस्तान्तरण तथा ल्होछार कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले तमुधिं यूके यूकेमा मात्रा नभएर परदेशमा रहेका नेपाली संस्थाहरुका लागि एउटा सुसंस्कृत, सुविचार, आदर्शवान र उदाहरणीय संस्था भएको बताए । उनले नेपाली चाडपर्बहरु विविधतामा एकताको प्रतिक भएको र ल्होसारजस्तो राष्ट्रिय पर्वहरुले हाम्रो संस्कार, संस्कृति, शास्त्र र अस्तित्व जोगाउनमा मद्दत पुर्‍याउने बताए । यस किसिमका चाडपर्वहरुलाई निरन्तरता दिनुपर्ने र यसले परम्परा, भेषभुषा, भाषा अनि समग्रमा अस्तित्व जीवन्त तुल्याउने भन्दै यस्ता पर्वहरु मनाउनले आपसी सहिष्णुता, सहकार्य, सद्भाव, बन्धुत्व र भातृत्वको अभिवृद्धि गर्ने बताए ।

बेलायतमा भएका थुप्रै संस्थाहरुमध्ये तमुधिं यूकेले नेतृत्व चयनमा अवलम्बन गर्ने विधि र संस्कार ज्यादै उत्कृष्ट, उदाहरणीय र अनुकरणीय रहेको डा सुवेदीले उल्लेख गरे । बेलायतमा नेपाली संस्थाहरुले गर्ने विभिन्न कार्यक्रमहरुमध्ये तमु धिं यूकेले आयोजना गर्ने नेपाली मेला र गोर्खा कपले यूकेमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्न सकेको र नेपालीहरुको साझा कार्यक्रम भएको बताए । यस किसिमको दुरदर्शी कार्यक्रमको आवधारणा ल्याउने तमु ब्यक्तित्वहरु धन्यवादका पात्र हुनुहुन्छ उनले भने ।

कार्यकममा ल्होछारका दिनदेखि नै तमु धिं यूकेको निवर्तमान अध्यक्ष भएका नन्दजङ गुरुङले आफ्नो कार्यकालमा प्रत्यक्ष र परोक्ष्य रुपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाहरुलाई आफ्नो व्यक्तिगत र संस्थागत रुपमा धन्यवाद दिए । र आगामी कार्यसमितिलाई शुभकामना दिएका थिए । त्यस्तैगरी औपचारिक रुपमा ११ औं कार्यभार सम्हाल्ने हित काजी गुरुङले विगतका कार्यसमितिलाई जसरी सहयोग गर्नुभयो त्यसरी नै आगामी कार्यसमितिलाई पनि साथ र सहयोग हुनेमा आफू विश्वास्त रहेको र अनुरोध पनि गरे ।

तमुधी यूकेको स्थापनाकालदेखी संस्थामा आफू संलग्न रहेकोले संस्थाको उद्देश्य र संस्था कसरी अगाडि बढाउनु पर्दछ भन्ने थाह र हेक्का भएको तर संस्थालाई अगाडि बढाउन र यसको उद्देश्य प्राप्ति गर्न सबैको साथ र सहयोग चाहिने बताए ।

कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले एनआरएनए यूकेमा आफू उपध्यक्ष हुँदादेखि हाल अध्यक्षको पद सम्हालीराख्दा तमुधिं यूकेले जुन किसिमको साथ र सहयोग दिइराखेको छ त्यसको लागि हार्दिक धन्यवाद दिइन् । साथै आगामी दिनहरुमा पनि सोही किसिमको साथ र सहयोग दोहोरो रुपमा व्यक्तिगत र संस्थागत रुपमा सहयोग आदानप्रदान हुने आस व्यक्त गरिन् । कार्यक्रममा तमु धिं यूकेको एकाइ अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम निवर्तमान महासचिव तथा वर्तमान उपाध्यक्ष तुलाराम गुरुङले सन्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!