कास्केली तमुहरुले सामूहिक रुपमा ल्होछार/ल्होसार मनाए

SHARE:

चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङले नचाइन्, छेलोमा रोहित प्रथम
पोखरा १६ पुस । तमुहरुको महान् चाड नयाँ वर्ष तमु(ल्वों)ल्होछार/ल्होसार कास्केली तमुहरुले बिहीबार सामूहिक रुपमा मनाएका छन् ।

सामूहिक तमु ल्वों ल्होछार/ल्होसार आयोजक समितिले पोखरा ९ नयाँबजारमा अवस्थित तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम, चियापान र खुल्ला छेलो प्रतियोगिता गरी ल्होछार/ल्होसार मनाएका हुन् । पुस १५ गतेसम्म आफ्नो आफ्नो संस्था र समाजहरुमा ल्होछार/ल्होसार मनाएका एक दर्जन बढी संस्थाहरुले तमु कलाकार संघ गण्डकी संयोजक र गुरुङ फिल्म एशोसिएसन नेपाल सहसंयोजक र अन्य संस्थाहरु आयोजकका रुपमा सामूहिकतामा ल्होछार/ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । शुभकामना व्यक्त गर्दै गुरुङले तमुहरुको एकता एवम ल्होछार पर्वले जातिय पहिचान संरक्षित र हकाधिकार सुनिश्चित हुने दावी गरे । अब तमुहरु सबै क्षेत्रमा उत्कृष्ठ हुनुपर्ने उनको भनाई थियो। प्रमुख अतिथि गुरुङले तमु संघसंस्थाको ऐतिहासिकता र ल्होछारको महत्व बारे चर्चा गरेका थिए ।

कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई मध्य नगर राख्दै सिमित संख्यामा सहभागी भई सम्पन्न गरिएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्याम, राष्ट्रिय परिषद बोर्ड सदस्य राजेश गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश उपाध्यक्ष दिलमाया गुरुङ, आदिवासी जनजाति महासंघ कास्की अध्यक्ष धर्म गुरुङ, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

आयोजक समितिका संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक भोजबहादुर गुरुङले स्वागत र तमु कलाकार संघका शंकर विरही गुरुङले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रमलाई चर्चित लोक दोहोरी गायिकाले गीत प्रस्तुत गर्दै सबैलाई नचाएका थिए भने टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ सँग पालैपालो दोहोरी गाउदै वातावरणलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएकी थिइन्। यसरी नै नेत्र गुरुङ, राजबहादुर गुरुङ, डबिन गुरुङ, उषा गुरुङ, कर्णेल लालबहादुर गुरुङ लगायतले गीत प्रस्तुति र हिमाली सांस्कृतिक परिवारका कलाकारहरुका साथै स्मृति र मालिमा गुरुङको नृत्यले ल्होसारलाई रमाइलो बनाएको थियो।
कार्यक्रममा गुरुङ साहित्यीक मञ्चका महासचिव रोशनी गुरुङ, सचिव तुलबहादुर गुरुङ, तेजबहादुर च्हाक्ली तमु र नादा तमु समाजका अध्यक्ष चेतबहादुर गुरुङले कविता मुक्तक वाचन गरेका थिए।

यसरी नै सामूहिक ल्होछार/ल्होसारमा मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामका स्वर्गीय बाबा टेकसाई गुरुङको स्मृतिमा आयोजित खुल्ला छेलो रोहित सुनार प्रथम, कुमार सुनार द्धितिय र राजेश गुरुङ तृतिय हुदै क्रमशः १२ हजार, ८ हजार र ५ हजार रुपैय सहित पुरस्कृत भए। विजेताहरुलाई पुरस्कार प्रायोजक बेदबहादुर गुरुङ श्यामसहित तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अर्घौ सदन अध्यक्ष क्या.भुवनसिं गुरुङ, तमु ह्युल छोंज धिं प्रदेश उपाध्यक्ष दिलमाया गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!