बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी

SHARE:

लन्डन पुस १९ । कोरोना भाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताएका छन् । यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरे ।

विद्यालय खोल्नुहुन्छ कि हुँदैन भन्ने विषयमा विगतमा जोनसन र सत्ताधारी दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएपनि अहिले विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमति नजिक रहेका छन् । “हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्नसक्छ,” जोनसनले बीबीसीको द एन्ड्र्यू मारको कार्यक्रममा भने । “म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।”

विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै प्रधानमन्त्री जोनसनले अभिभावकहरूलाई आग्रह गरे, “तपाइहरूले क्रिसमसपछि खुला गरिने विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ ।”

बेलायतले शनिबार २४ घण्टाको समयमा ५७ हजार ७२५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यो महामारी सुरुभएदेखि नै २४ घण्टामा सङ्क्रमित हुनेको सबैभन्दा बढी सङ्ख्या हो । अत्यधिक विरामीको चाप रहने समयमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै गएमा यसले अस्पताल तथा स्वास्थ्य सेवाहरूलाई नै प्रभावित गर्नसक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले भने चिन्ता व्यक्त गरेका छन् ।

बेलायतमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ७४ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने करिब २६ लाख सङ्क्रमित भएको सरकारी तथ्याङ्क छ । बेलायतले अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । करिब पाँच लाख ३० हजार खोपलाई सोमबारदेखि लगाउने व्यवस्था सरकारले मिलाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!