कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित

SHARE:

सबिन्द्र कुमार गुरुङ लन्डन पुस २० ।

कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

कोभिड–१९ का कारण भर्चुअलमार्फत समाजको यूकेमा सम्पन्न साधारणसभाले गुरुङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी समाजको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा सूर्य गुरुङ, महासचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा रामचन्द्र गुरुङ निर्वाचित भएका छन् । ३ वर्ष कार्यकाल रहने समाजको कार्यसमितिको १० सदस्यहरु यथाशीघ्र मनोनयन गरिने भएको निर्वाचित अध्यक्ष गुरुङले बताएका छन् ।

निर्वाचित अध्यक्ष गुरुङ सहारा यूके फुटबल क्लबका चेयरमेन हुन् भने वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर गुरुङ सहारा क्लव यूकेको सल्लाहाकार एवम् चेरिटन नेपाली समाजको अध्यक्ष समेत हुन् ।

बेलायतमा स्थापना भएको कोल्मा बहाकोट समाज खेलकुद, शिक्षा,तथा समाजसेवाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको छ । भर्चुअल सभामा सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष दिलीप गुरुङ ‘एमबिई’ लगायत १ सय भन्दा बढीको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष गुरुङले बताए ।

कोल्मा बहाकोट स्याङ्जा जिल्ला पुतलीवजार वडा नं ९ लगायतका केही वडाहरुलाई समेट्छ । कोल्मालाई विश्वमा परिचय गराउन तथा स्थानीय युवाहरुलाई स्वरोजगार बनाउँदै खेलकुदमा सहभागी गराउने लगायतका विभिन्न कार्यक्रमहरुमा समेत समाजले भूमिका खेलिरहेको छ ।

त्यस्तै कोल्माको शिक्षा लगाएत सामाजिक क्षेत्रको विकासका लागि स्थानिय नागरिकहरुको सहभागितामा विभिन्न कार्यक्रमहरु समेत तय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!