काठमाडौं उत्यकामा वायु प्रदूषण अत्यधिक बढ्यो : ‘दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्’

SHARE:

काठमाडौँ २१ पुस । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिकरुपमा बढेको वातावरण विभागले बताएको छ ।

विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ ।

विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ । काठमाडौँमा धुम्म तुवाँलो लागेको छ । तुवाँलोका कारण घाम लाग्न सकेको छैन । हावा नचल्दा तुवाँलो फाट्न सकेको छैन । सोही कारण मानव स्वास्थ्यमा त्यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम पनि उत्तिकै देखिएको छ । विभागले विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन चलाउँदै आएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिजेल र पेट्रोल सवारीलाई क्रमशः विस्थापित गर्दै लानेतर्फ सरकार र सरोकार भएका निकाय तथा क्षेत्रको ध्यान जानुपर्ने बताए ।

विभागले काठमाडौँ उपत्यकाबाहेक तराईका नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको जनाएको छ । तराईका नागरिकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै भनेको छ, “फोहोर वा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ ।” वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेका केही समयसम्म प्रदूषण यस्तै रहन सक्ने वा अझै खराबसमेत हुने सम्भावना रहेका हुनाले विशेष सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!