बेलायतवासीलाई सन् २०२१ मा ४ भयावह !

SHARE:

नयाँ वर्षको सेरोफेरोमा…
कोभिड १९ ले २०२० लाई धरासायी बनायो ।
बेलायती नेपालीहरूलाई सानो कोसेली छ जतन गरी फुकाउनुहोला र आफ्नो साथीभाइ, ईष्टमित्र, नम्बरीहरूसँग कोसेली बाँडीचुडी खानुहोला ।
के सन् २०२१ गजबको हुनेछ ? चारवटा भयानक तथ्यहरू तपाईंको अघि चित्रण गर्दछु ।

भयावह नम्बर १-
३७० हजार यूकेवासीले गत अगस्टदेखि अक्टोबर २०२० जागिरेले अवकास पाए । यो खाकाले ४.५% काम गर्ने मान्छे बेरोजगारी भए जुन विगत तीन वर्षमा सबैभन्दा बढी हो । बैंक अफ इङ्ल्यान्डले यो अप्रिलसम्म बढेर ७.७% पुग्नेछ भनी प्रक्षेपण गरेको छ ।

भयावह नम्बर २-
अक्टोबर २०२० को अन्तसम्म २.४ मिलियन मान्छेहरू Furloughed मा थिए । आज अधिकांशलाई थाहा छैन कति संख्यामा छन् भनी । The Institude For Employment Studies को अनुमानमा सन् २०२० को अन्तसम्म ५.५ मिलियन मान्छे फरलोमा हुनुपर्छ । यसमा Tier ४ को रिस्टिक्सनको धक्काले ४४ मिलियन मान्छेलाई पुस गर्न थाल्यो ।
यो भयावह अवस्थाले के देखाउँदै छ आउदैछ कि कति जनालाई दिन सक्तछ ? अथवा धान्न सक्तछ ? त्यसैगरी बेरोजगारीलाई कसरी समाल्‍न सक्तछ ?

भयावह नम्बर ३-
२ मिलियन मान्छेहरूले mortgage holiday लिएका थिए । यो इनसेन्टिभ प्याकेजले घरहरू Repossession हुन जोगायो । तर कृतिम र टालटुल नीति हो। एउटा समय आउँछ माथिका सबै प्याकेजहरूका टाइमलाइन आउँछ । तपाईं भन्नुहोला…घरको दाम बढ्छ कि घढ्छ होला ?

भयावह नम्बर ४-
Brexit -जसोतसो अन्तिम अवस्थामा डिल भयो । तर हनिमुनको समय होइन । ईयुज चिफ नेगोसियटर
माइकल बारनियरले हालसालैको भनाइ र बैंक अफ इङ्गल्यान्डका गभर्नर एन्ड्रयु बेल्लीको भनाइलाई केलाउँदा ओर्थ हुन्छ ।
उसो त अक्फोर्डले भ्याक्सिन निकालेको छ । निकै फलदायी हुने अनुमान गरिएको छ । तर यी चारवटा गम्भीर खालका समस्याले गाँजेको बेला यूके हाउजिङ्ग मार्केटमा घरको भाउ बढ्ला वा घट्ला ?
तपाईं किन्ने वा बेच्नेमा हुनुहुन्छ ?
कुन ठाउँमा किन्नुहुन्छ ?
किन्ने प्रक्रियाहरु के हुन सक्छन् ?
अन्य विविध विषयमा छलफल गर्ने बेला आएन र ?
तपाईंको कमेन्टको प्रतीक्षामा छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!