सिएनएस यूकेले इंग्ल्यान्ड र वेल्सको जनगणनामा नेपालीको बृहत् सहभागी गराउन अभियान चलाउने

SHARE:

लन्डन माघ १ । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले इंग्ल्यान्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ ।

सिएनएस यूकेको हालै सम्पन्न बैठकले बेलायतमा नेपाली समुदायको पहिचानका लागि जनगणना महत्वपूर्ण अवसर भएकाले सोको उपयोगका लागि नेपाली समुदायलाई उत्प्रेरित गर्न सो अभियान चलाउने निर्णय गरेको हो । यसका लागि सिएनएस यूकेले जनगणना सञ्चालन गर्ने बेलायती निकाय अफिस फर न्याशनल स्ट्याटिटिक्स, नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघ यूके, नेपाल पत्रकार महासंघ यूके लगायतका सामुदायिक संघ संस्थासित मिलेर सो अभियान चलाउने भएको हो । यसै सन्दर्भमा निकट भविष्यमा एक बृहत्तर राष्ट्रिय कार्यशाला आयोजना गर्ने सोच रहेको व्यहोरा संस्थाका कार्यकारी निर्देशक लोकेन्द्र पुरुष ढकालले जानकारी दिए ।

अभियानका लागि सिएनएस यूकेले नरेश खपाङ्गीमगरलाई रिसर्च एसोसिएट नियुक्त गरेको छ । खपाङ्गीमगरले हालै बेलायतको किङ्ग्स कलेज लन्डनबाट ग्लोबल अफेयर्स विषयमा स्नातकोत्तर गरेका छन् । उनले न्याशनल इन्स्टिच्यूट फर हेल्थ रिसर्च र ब्राइटन एण्ड ससेक्स मेडिकल स्कुलले गरेको जातीय अल्पसंख्यकमा कोभिड-१९ असर विषयक अनुसन्धानमा पनि रिसर्च एसोसिएटका रुपमा काम गरेका थिए ।

स्मरण रहोस्, सिएनएस यूकेले सन् २०११ को जनगणनामा पनि नेपाली समुदायलाई सहभागी गराउन विशेष अभियान सञ्चालन गरेको थियो । यसअघि सन् २००८ मा गैरआवासीय नेपाली संघ यूकेसहित विभिन्न सामुदायिक संघसंस्थासँग मिलेर आफ्नै पहलमा बेलायतमा रहेका नेपालीहरुको तथ्यांकसमेत संकलन गरेको थियो । यी अध्ययनमा आधारित रहेर सिएनएस यूकेले नेपालिज् इन यूके: एन ओभरभ्यु (२०१२) लगायत थुप्रै पुस्तक तथा लेख रचना प्रकाशित गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!