तमु धिं यूकेको ११औं कार्यसमितिको पहिलो बैठक सम्पन्‍न, कार्यविभाजन र सल्लाहकार चयन

SHARE:

लन्डन माघ ४ । तमु धिं यूकेको ११औं कार्यसमितिको पहिलो बैठक सम्पन्‍न भएको छ । शनिबार भएको पहिलो भर्चुअल मिटिङबाट कार्यसमितिमा कार्यविभाजन र सल्लाहकार चयन गरिएको मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङले जानकारी दिए ।

बैठक संचालक महासचिव परशुराम गुरुङले गरेका थिए भने उपाध्यक्ष हरि गुरुङबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो । बैठकको प्रारम्भमा सम्पूर्ण कार्यसमिति सदस्यहरुबाट परिचयात्मक कार्यक्रम राखिएको थियो भने बैठकले सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई आ-आफ्नो कार्यभार सुम्पेका थिए ।

बैठकले उपाध्यक्ष हरि गुरुङलाई नेपाली मेला र उपाध्यक्ष जुमकाजी गुरुङलाई ल्होछार कार्यक्रमको अभिभारा तोकेको मिडिया सेक्रेटरी गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्ष हितकाजी गुरुङले सम्पूर्ण कार्यसमितिको तर्फबाट कोरोना भाइरस संक्रमण र अन्य कारणबाट मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गरी मृतआत्माको चिरशान्ति कामना गरेका थिए । अध्यक्ष गुरुङले सम्पूर्ण कार्यसमिति सदस्यहरुको समान अधिकारका साथै समान दायित्य हुने प्रस्ट पारेका थिए ।

२० डिसेम्बर २०२० आइतबार जुम प्रविधिमार्फत सम्पन्‍न २० औं साधारणसभा र ११ औं महाधिवेशनमा अध्यक्षमा हित काजी गुरुङसहित २९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको थियो ।

कार्यसमितिमा हित काजी गुरुङ, अध्यक्ष
हरि गुरुङ, उपाध्यक्ष
जुमकाजी गुरुङ, उपाध्यक्ष
तुलाराम गुरुङ, उपाध्यक्ष
परशुराम गुरुङ, महासचिव
प्रेमबहादुर गुरुङ, सचिव
कमल गुरुङ, कोषाध्यक्ष
इमप्रसाद गुरुङ, सहकोषाध्यक्ष
क्या देव घले, खेलकुद विभाग प्रमुख
साधुराम गुरुङ, साँस्कृति विभाग प्रमुख
सविन्द्रकुमार गुरुङ, प्रेस मिडिया विभाग प्रमुख
मानप्रसाद गुरुङ, जिन्सी विभाग प्रमुख
श्रीप्रसाद गुरुङ, कल्याणकारी विभाग प्रमुख
राजन गुरुङ, युवा विभाग प्रमुख
मञ्‍जु (सीता) गुरुङ, महिला विभाग गुरुङ
दिलमाया गुरुङ, सदस्य
लिडिया गुरुङ, सदस्य
अप्सरा गुरुङ, सदस्य
भोजबहादुर गुरुङ, सदस्य
श्रीप्रसाद गुरुङ, सदस्य
कोलप्रसाद गुरुङ, सदस्य
टंक मार्टिन गुरुङ, सदस्य
अरुण गुरुङ, सदस्य
विमल गुरुङ, सदस्य
मदन गुरुङ, सदस्य
डा विशाल गुरुङ, सदस्य
सूर्यमान गुरुङ, सदस्य
मोतीप्रसाद गुरुङ, सदस्य

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!