तमुधिं लन्डन इकाईको नयॉं कार्यसमितिको पहिलो बैठक भव्य रुपमा सम्पन्‍न

SHARE:

लन्डन माघ ४ । तमुधिं लन्डन इकाईको नयॉं कार्यसमितिको पहिलो बैठक भर्चुअल भव्य रुपमा सम्पन्‍न भएको छ । १६ जनवरी २०२१ मा भएको बैठकले सल्लाहकारहरु चयन लगायत निर्णय गरेको तमुधिं लन्डन इकाईले जनाएको छ ।

अध्यक्ष विष्णु गुरुङको अध्यक्षतमा बसेको बैठकमा उपाध्यक्ष भरत गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै बैठक संचालन महासचिव विकास गुरुङ (Rock)ले गरेका थिए ।

बैठकले बर्नटक काउन्टीका काउन्सिलर तथा बार्नेट काउन्टिक उपमेयर लक्ष्यबहादुर गुरुङ र समाजसेवी युवा गुरुङलाई वरिष्ठ सल्लाहकार नियुक्त गर्ने निर्ण गरेको छ । त्यस्तै बेलायतभित्र रहेका विभिन्न संघ संस्थाका अध्यक्षहरुलाई पनि सल्लाहकारमा नियुक्त गरेको इकाईले जनाएको छ ।

एनआरएनए यूके गोर्खाज् टाक्स फोर्सका संयोजक घोण्डे कोने घोताने समाज यूकेका अध्यक्ष हनेरी लेप्टेन चन्द्रबहादुर गुरुङ, बीसीसी यूके लन्डन ब्रान्चका अध्यक्ष गमरसिंह गुरुङ, आमा समूह अध्यक्ष अन्तिम गुरुङ, चारभञ्‍ज्याङ्ग तमु समाज यूकेका अध्यक्ष मदन गुरुङ, DS UKअध्यक्ष हर्कबहादुर गुरुङ, लमजुङ तमु परिवार Hanslow का अध्यक्ष देवीप्रसाद गुरुङ, B.G.N.A का अध्यक्ष देउबहादुर गुरुङ, सोंपाल समाजका अध्यक्ष युक्तबहादुर गुरुङ, सोंपाल समाजका संस्थापक अध्यक्ष विजय गुरुङ, भुम्दिकोट यूके समाजका उपाध्यक्ष रामबहादुर गुरुङ, प्हे ल्हु संघ यूकेका महासचिव भेगलाल गुरुङ, हिरा गुरुङ (पच्य्हु चिबा), जित गुरुङ क्हाब्री चिबा, बीसीसी यूकेका उपाध्यक्ष हर्कबहादुर गुरुङ, रि. मेजर. रामप्रसाद गुरुङ, संस्थापक महासचिव तमु बौद्ध सेवा समिति नेपाल, क्या. रि. रामकाजी गुरुङ, पूर्वअध्यक्ष तमु बौद्ध सेवा समिति नेपाल) गोर्खा स्मारक, गोर्खा म्युजियम नेपालका अभियन्ता, तमु छोंज धिं नेपालका संस्थापक अभियन्ता रि. क्या. एकनारायण गुरुङ, दुर्लुङ समाज यूकेका पूर्वअध्यक्ष समाजसेवी जुवारीलाल गुरुङ, गोर्खा सत्याग्रह संघर्ष समिति यूकेका सहसंयोजक तकबहादुर गुरुङ, पिपल मोर्गेजका डाइरेक्टर सुर्य गुरुङ, SERTE का उपाध्यक्ष पार्वती गुरुङ, हङकङ नेपाली मन्चका कोषाध्यक्ष ऊमादेवी गुरुङ लगायत समाजका विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको तमुधिं लन्डन इकाइका मिडिया सेक्रेटरी सुशील गुरुङले जानकारी दिए ।

बैठकमा अतिथि र मान्यजनहरुलाई उपस्थितिका लागि हार्दिकता र धन्यवाद अन्तर समाज सामन्वय संयोजक डिलमाया गुरुङ र उपाध्यक्ष भरत गुरुङले प्रकट गरे । ट्रस्टिज ले. नारायणप्रसाद गुरुङ, ट्रस्टिज डेबिड गुरुङ, क्या. प्रेमबहादुर गुरुङ र नयॉं सल्लाहकार क्या. रामकाजी गुरुङ, क्या. एकनारायण गुरुङ, जुवारीलाल गुरुङलगायत उपस्थित सम्पूर्ण वक्तहरुले तमुधिं लन्डन इकाईप्रति आभार साथै शुभकामना प्रकट गरे ।

अहिलेको विषम परिस्थितिमा नेपाली समुदयले दिनहुँ खेप्नु परेको जटिल समस्या र समुदायका वृद्ध बाबाआमाहरु भाषाको समस्यले सरकारको नीतिनियम र सुविधाहरुसँग प्रत्यक्ष लिन नसकिरहेको अवस्थामा कसरी मद्दत गर्न सकिन्छ र बेलायत सरकारको पछिल्लो अपडेटबारे बर्नटक काउन्टीका काउन्सिलर तथा बार्नेट काईन्टीका उपमेयर लक्ष्यबहादुर गुरुङले प्रस्ट पारेका थिए । उनले सबै जना सर्तकता अपनाई सुरक्षित रहने सल्लाह दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!