
काठमाडौं माघ ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको दाबी नपुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगको आइतबार बसेको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल र केपी ओलीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने आयोगले निर्णय गरेको हो । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधानसम्मत नदेखिएको पनि आयोगले प्रस्ट पारेको छ ।
संसद विघटन लगतै प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ओली समूहले भने केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबैको दाबी नपुगेको ठहर गरेको छ ।






