तमु धिं नेपालका अध्यक्ष हुम गुरुङलाई मातृशोक

SHARE:

काठमाडौं माघ १२ । तमु धिं नेपालका केन्द्रीय अध्यक्ष एवं समाजसेवी हुम गुरुङलाई मातृशोक परेको छ । गोर्खा मिडिया डटकमका सम्पादक, कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेका गुरुङका आमा हरिमाया गुरुङको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

हरिमायाका छोराहरु हुमबहादुर, गुप्तबहादुर, मेघबहादुर, फत्तबहादुर, कृष्णबहादुर र सन्तोष गुरुङ तथा छोरीद्वय ज्ञानु तथा मिना गुरुङ रहेका छन् ।

यसैबीच, हरिमायाको निधनमा विभिन्‍न संस्था तथा व्यक्तिहरुले दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

तमु सांस्कृतिक प्रतिष्ठान नेपालले आफ्नो संस्थाको आजीवन सदस्य तथा सल्लाहकार, तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङकी आमा हरिमाया गुरुङको निधन भएको समाचारले प्रतिष्ठान परिवारलाई मर्माहत बनाएको जनाएको छ । अध्यक्ष चित्रबहादुर गुरुङले एक सन्देश जारी गरी यस दुखद घडीमा आमाको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै । साथै शोकाकुल परिवारजनमा धैर्य धारणा गर्ने शक्ति इश्वरले प्रदान गरून् भनी गहिरो समवेदना प्रकट गरेका छन् ।

यस्तै समाजसेवी एवं पर्वत मन्च हङकङका अध्यक्ष दुर्गा गुरूङ ‘मिलन’ ले पनि हरिमायाको निधनमा दु:ख व्यक्त गरेका छन् । ‘तमु धिं नेपालका अध्यक्ष मेरो प्यारो भाइ हुमबहादुर गुरुङकी ममतामयी आमाको आज बिहान ८८ वर्षको उमेरमा दु:खद् निधन भएको खबरले म स्तब्ध भएको छु ।
आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।’

तमु गुरुङ कलाकार संघ नेपाल गन्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले आफू नेतृत्वको तमु गुरुङ कलाकार संघ नेपाल गन्डकी प्रदेश समितिका सल्लाहकार हुम गुरुङको आमा हरिमाया गुरुङको निधनको समाचारले संघ परिवारलाई मर्माहत बनाएको जनाएको छ । एक सन्देश जारी गर्दै अध्यक्ष गुरुङले दुखद् घडीमा आमाको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकाकुल परिवारजनमा धैर्य धारणा गर्ने शक्ति इश्वरले प्रदान गरून् भनी गहिरो समवेदना प्रकट गर्दछौं,’ उनको सन्देशमा भनिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!