बेलायतका नेपाली समुदायका अग्रज डा. चन्द्र लक्सम्बाको निधन

SHARE:

लन्डन माघ १३ । बेलायतका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको निधन भएको छ ।

फार्नबोरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारका क्रममा ६० वर्षको उमेरमा डा.लक्सम्बाको मंगलबार निधन भएको हो । डा लक्सम्बालाई कोभिड संक्रमण भएकै बेला स्ट्रोक (मस्तिस्कघात) भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

ताप्लेजुङका डा लक्सम्बाको पछिल्लो समय धरान बसोबास रहेको थियो । उनका श्रीमती र दुई छोरा छन् । बेलायती सेनामा १९ वर्ष सेवा गरेका डा लक्सम्बाले यहाँको सरे युनिभर्सिटीबाट पिएचडी गरेका थिए ।

बेलायत तथा नेपालमा बौद्धिक छवि बनाएका उनले भूतपूर्व गोर्खा आन्दोलन एवम् एनआरएनए अभियानमा पनि निरन्तर योगदान गर्दै आएका थिए । केही समयअघि मात्रै उनलाई नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविधालयमा प्राज्ञका रुपमा मनोनित गरेको थियो ।

यसैबीच डा लक्सम्बाको निधनमा नेपाल पत्रकार महासंघ यूके शाखा स्तब्ध र मर्माहत भएको जनाएको छ । अध्यक्ष नरेश खपाङ्गीमगरले मंगलबार शोक वक्तव्य जारी गर्दै नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको निधनले सिंगो नेपालले एक होनहार प्राज्ञ गुमाउन पुगेको बताएका छन् ।

‘डा.लक्सम्बाको निधनले बेलायतस्थित नेपाली समुदायले एक अभिभावक, पथ प्रदर्शक र असल अभियन्ता गुमाएको छ भने सिंगो नेपालले एक होनहार प्राज्ञ गुमाउन पुगेको छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ बेलायत शाखा नेपालीहरुले भर्खरभर्खर बेलायतको आवासीय भिसा पाउन थालेको अवस्थामा स्वर्गीय लक्सम्बाले बेलायतमा नेपाली पत्रकारिताको जग बसाउनका लागि दिनुभएको महत्वपूर्ण योगदानको सदा स्मरण गरिरहनेछ ।’
यस दुखद घडीमा स्वर्गीय डा. लक्सम्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष खपाङ्गीमगरले शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रात होस् भन्ने प्रार्थनाका साथमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!