नेकपा (प्रचण्ड-नेपाल) द्वारा केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्यसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी

SHARE:

काठमाडौं माघ २० । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले पार्टी र चुनाव चिह्नको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेस गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता मंगलबार निर्वाचन आयोग पुगेर पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् । वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको जानकारी दिए ।

उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक भएको भन्दै दलहरुको विवाद निरुपण नगरी आयोग चुनावमा जान नमिल्ने बताए ।

असंवैधानिक रुपमा केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपा विभाजन भएको छ । बहुमत नेतासहित प्रचण्ड नेपाल एकाधिर भने प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली अर्को समूहमा लागेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!