नेकपाको दाहाल–नेपाल समुहद्वारा भोलि देशव्यापी आम हड्तालको घोषणा

SHARE:

काठमाडौं माघ २१ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीवार भोलि देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको हो ।

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताइन् ।

यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिइन् । त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने भुसालले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!