बागलुङ माघ २२ । अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मञ्चका अध्यक्षसहित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । 
फेब्रुअरी १ अर्थात् माघ १९ गते गंगाराम कँडेलको अध्यक्षतामा गठन गरिएको १३५ सदस्यीय अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मञ्चका पदाधिकारी, कार्यसमितिका सदस्यहरु एवं अनुशासन समितिका पदाधिकारीहरु एवं सदस्यहरुमध्ये अधिकांश व्यक्तित्वहरुले शपथ लिएका हुन् । उनीहरुलाई बयोवृद्ध ज्योतिष पण्डित मणिभद्र शर्मा कँडेलबाट शपथ ग्रहण गराइएका थिए ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अधिकांश वक्ताहरुले बिहुँकोटको दोबिल्लादेखि घोडाबाधेँ सम्मको पैदलमार्गलाई परमानन्द पदमार्ग नामाकरण गरी बिकास गर्न सकिने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा अध्यक्ष कँडेल, महासचिब पशुपति कँडेलले संस्थाको मुख्य उद्देश्य र भावी योजनाहरुको बारेमा प्रस्ट पारेका थिए । उपाध्यक्ष गंगा कंडेल ,उपाध्यक्ष हिम बहादुर क्षेत्री, उपाध्यक्ष, गोबिन्दप्रसाद कँडेल उपाध्यक्ष रामप्रसाद, कँडेल,सह–कोषाध्यक्ष राजेंद्र कँडेल तथा बिहुँकोट बिकास मंचका अध्यक्ष हिरा कँडेलले संस्थाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको प्राबिधिक सम्योजन संस्थाका सचिव केशब रिजालले स्पेनबाट गरेका थिए । अन्तर्राष्ट्रिय परमानन्द स्मृति आपतकालीन राहत कोष निर्माण अभियान समेत घोषणा गरिएको छ ।
विश्वभरी छरिएर रहेका आम बिहुँकोटेहरुको साझा बिकास मञ्चको रुपमा रहेको अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मञ्चको माध्यमबाट बिहुँकोटले दुनियाँ र जगतमा फरक पहिचान बनाउन सक्नेछ र बिहुँको दीर्घकालीन बिकासको सन्दर्भमा यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बिश्वास लिएको छ ।
साथै अन्तर्रास्ट्रिय परमानन्द स्मृति आपतकालीन राहत कोषको स्थापना गरिएको छ ।
१-केशब कँडेल (बेलायत)रु१५५५०
२-राजु कँडेल (बेलायत)रु-१५५५०
३-राम प्रसाद कँडेल (बेलायत) रु१५,१५१
४-श्रीमती गंगा कँडेल (क्यानडा) रु-२१,१११
५-टिकाराम कँडेल (जापान)रु-२१,१११
६-गंगाराम कँडेल (पोर्चुगल)रु-२५,५५५
७-गोबिन्द प्रसाद कँडेल (जापान) ३५,५५५
८-पशुपति कँडेल (अमेरिका )रु-५१,५५५
९-हिम बहादुर क्षेत्री (जापान)रु-५५,५५५
१०-देबदत्त कँडेल+कालीका कँडेल (नेपाल)रु-५१,१५१
१२-मेघनाथ कँडेल (जापान)रु-५५,५५५
१३-बलराम (रमेश) रु ३३,३३३
१४-पुर्ण कँडेल (जापान) रु-१५,५५५
१५- चन्द्र कँडेल (जापान)रु-५१,१५१
१६-राजेन्द्र कँडेल बेलायत(UK)रु-१५,५०५
१७-फुल प्रसाद कँडेल बेलायत (UK)रु-१५१५०
१८-भिम कँडेल जपन रु-२५,५००
१९- तुलसि कँडेल (जापान)रु-१५५०५
२०-दयाराम कँडेल (जापान)रु-१५५०५
२१-अमर के सी (जापान)रु-३१,०००
२२-उमादेबी कँडेल (अमेरिका )रु-१५५०१
२३- हीरा कँडेल बिहुँ बाग्लुङ रु-११,१११
२४-धनीश्वर कँडेल (जापान)रु-११,१११
२५-नारायण कँडेल (जापान) रु-१५,०००
‐—————————————-
जम्मा-६,८५,४८७






