माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

SHARE:

कैलाली माघ २४ ।

कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले जानकाी दिए । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ ।

माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्न थाल्दा भत्किएको स्थानीयको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!