महिला हिंसाविरुद्ध प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

SHARE:

काठमाडौं माघ ३० ।

प्रतिगामी सरकार महिला हिंसा रोक्न असफल भएको भन्दै राजधानीमा महिला मार्च गरिएको छ । ‘

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् । मुलुकभर भएका महिला हिंसा रोक्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार तथा हत्याका घटना रोकिनुको सट्टा बढिरहेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

सरकार हरेक दिन प्रतिगमनको दिशामा अग्रसर भइरहेको भन्दै हिंसा र प्रतिगमन रोक्न प्रदर्शनकारीले माग गरेका छन् । प्रदर्शनकारीले प्रतिकात्मक रुपमा शवयात्रा समेत गरेका छन् । दिनहुँ जसो बलात्कार र हत्याका घटना बाहिर आइरहेका छन् तर न्याय दिनुपर्ने सरकारले सुरक्षासमेत दिन नसकेको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका छन् ।

बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायत मुलुकभर भएका यस्ता घटनाका पीडितलाई न्यायको माग उनीहरुले गरेका छन् । प्रदर्शनमा जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी लगायतको सहभागीता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!