ग्याल्पो ल्होसारमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

SHARE:

काठमाडौं माघ ३० । हिमाली आदिवासी शेर्पा समुदायको नयाा बर्ष च्या मो लाङ ल्हो (गोरु बर्ष)–२१४८ औं ग्याल्वो लोसार २०७७ माघ ३० गते परेको छ । सरकारले चैत १ गतेलाई ग्याल्पो ल्होसार भनेर उल्लेख गरेपनि तिथी गलत भएको भन्दै माघ ३० मै ल्होसार मनाउने भएको हो ।

ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामूख अग्नि प्रसाद सापकोटा लगायतले शुभकामना सन्देश जारी गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेको हो । ‘नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधतायूक्त देश हो । यी सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिक महत्व बोकेको मौलिक चाडपर्वहरु छन् ।’ शुभकामना सन्देशमा भनेको छ ‘सबै जातजातिको सम्मानजनक उपस्थिती र पहुाच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा हामी छौं । वहुरंगी संस्कृतिका धनी नेपाल यी नै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धी हात लाग्ने कुरामा दुइमत छैन ।’

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वलाई नेपाल चिनाउने पहिलो शक्ति शेर्पा रहेको शुभकामना सन्देशमा उल्लेख गरेको छ । ‘हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा वसोवास गर्ने शेर्पा समुदाय लगायतका आदिवासी जनजातिका भेषभुषा, धर्म संस्कृति, रहनसहनले त्यो भन्दा बढी सुन्दर बनाएको छ ।’

ल्होसारमा खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जामघट, नाचगान गरेर मनाइने स्मरण गर्दै उपराष्ट्रपति पुनले भने ‘आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पुरयाएको छ ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘मुलुकको वर्तमान जटिल अवस्थासागै विभिन्न असमानता, विभेद र उत्पीडिनको अन्त्य गर्न र अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रुपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस्’ भन्ने शुभकामना व्यक्त गरे । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले ग्याल्पो ल्होसार जस्ता पर्वले नयाा उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघले ग्याल्वो ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसाग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले अपरिपक्क रुपमा मन लाग्दा विदा दिने नलाग्दा खारेज गर्ने गरेको भन्दै आपती जनाएका छन् ।’

यसैवीच, नेपाल शेर्पा संघले एक शुभकामना सन्देश जारी गर्दै ल्होसारले पहिचान र अधिकार स्थापित गर्ने मार्गको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा ‘सरकारले हिमाली आदिवासी शेर्पाहरुको मूख्य पर्वको तीथि विगारेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘भोट चन्द्रपात्रो अनुसार ल्होसार माघ ३० मै हो । तर, सरकारले चैत १ गते राखेको छ । यसले अन्यौल सिर्जना गरेको छ । उप्रान्त पञ्चांग निर्णायक समितिमा बौद्धमार्गी शेर्पा समुदायको समेत प्रतिनिधित्व गराउादै पात्रो निर्माणमा सचेत भई कार्य गर्नुपर्दछ ।’ अध्यक्ष शेर्पाले भने । माघ ३० मै तामाङ,ह्योल्मो समुदायको सोनाम ल्होच्छार समेत परेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!