संसद विघटनविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गर्ने दाहाल-नेपाल समुहको तयारी

SHARE:

काठमाडौं फागुन १ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्दोलनरत पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

नेकपाको आन्दोलनरत पक्षले भोली दिउँसो २ बजे पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

नेकपाले संसद विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो साता आन्दोलनरत दलहरुसँगको सहकार्यमा संयुक्त जनआन्दोलन समेत घोषणा हुन सक्ने यसअघि नै जानकारी गराए ।

नेकपा भित्रको विवाद र आन्दोलनको औचित्यबारे प्रकाश पार्न श्वेतपत्र जारी गर्ने नेकपाको तयारी छ । तर भोली घोषणा हुने भनिएको नयाँ चरणको आन्दोलनका कार्यक्रमको स्वरुपबारे भने केही खुलाइएको छैन ।

सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको नेकपाको निष्कर्ष छ । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हजारौं शहीदले रगत बगाएर प्राप्त गरेको संविधान कुल्चिने षडयन्त्र भइरहेको बताए ।

उनले शहीदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!