नेकपाद्वारा संसद विघटन विरूद्ध चौथो चरणको आन्दोलन घोषणा

SHARE:

काठमाडौं फागुन २ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्दोलनरत् समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले चौथो चरणको आदोलनको घोषणा गरेको हो ।प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध फागुन ५ देखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

१५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रर्दशनका कार्यक्रम हुने भएका छन् । आन्दोलनरत् समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमन विरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध वृहत अन्तरक्रिया गर्ने, फागुन ६ गते प्रतिगमन, मंहगी र भ्रष्टाचार विरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित अपरान्ह १ घण्टा विरोध प्रर्दशन गर्ने, फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमन विरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रर्दशन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एंव बलात्कार विरुद्ध काठमाडौं उपत्यकासहितन देशव्यापी प्रर्दशन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाण्डौ उपत्यका सहित देशव्यापी विरोध गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

त्यस्तै, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पिछडिएको क्षेत्र लगायत उत्पीडित समुदायको पहिचान झल्किने झाँकीसहित प्रर्दशन गर्ने, १४ गते काठमाडौंमा वृहत युवा र्याली र १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ । नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मिति पटि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलेको असंवैधानिक र निरंकुश कदम,अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेश मार्फत संवैधानिक निकायका पदाधिकी नियुक्त गरी संविधान र कानुनको ठाडो उलंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरी संविधान एवं कानुन कार्यान्वयनको अवस्थामा ल्याउन आफूहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेकपाले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!