लीलामान शेरपुञ्जा
लन्डन फागुन ४ । प्रवासी नेपाली एकता मञ्च बेलायतले आफ्ना धारणा सार्वजनिक गरेको छ ।
१४ फेब्रुअरीका दिन जुममार्फत पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेको हो । साथै एकता मञ्चले समाजसेवी एवम बुद्धिजीवी भक्त गुरुङको अध्यक्षतामा १ सय २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको पत्रकारसम्मेलन मार्फत जानकारी गराएको छ ।
नेपालमा राजनीतिक फेरबदल सँगै प्रवासमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने आंकलन गरिरहेका बेला बेलायतमा पनि यसको प्रभाव परेको देखिएको छ । ओली पक्ष समर्थक गुरुङको यो कार्यसमितिले बेलयतस्थित सवै प्रवासी संघ संस्थाहरुमा प्रभाव पार्ने बुद्धिजीवीहरुले अनुमान गरेका छन् । नेकपा प्रचण्ड नेपाल समर्थकहरुले कडा आपत्ति जनाउँदै भक्त गुरुङलाई ओएनयूएफको साधारण सदस्यबाट बर्खास्त गर्न केन्द्रमा सिफारिस गरेको प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाइएको थियो ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख तुङगभद्र भुषालले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश खपांगीमगर, पूर्व अध्यक्ष चिरन शर्मा, पूर्ण गुरुङ, एभरेस्ट गौतम, शिव भण्डारी लगायतले प्रश्नमार्फत जानकारी लिने काम गरेका थिए । नेकपा विभाजन शृंखला, संसद् विघटनको वैधानिकता, नेकपाको आधिकारिकता र ओएनयूएफको धारणाबारे सोधिएको प्रश्नहरुमा अध्यक्ष भक्त गुरुङ, संस्थापक अध्यक्ष अक्कलजंग लामा, पूर्वअध्यक्ष दिनेश घिमिरे, रामशरण सिम्खडा, उपाध्यक्ष एवं संगठन विभाग प्रमुख सुरेन्द्र थपलिया, महासचिव सुरेशजंग शाही लगायतले जवाफ दिएका थिए ।
संस्थालाई मजबुद र विवादरहित गराउन अध्यक्ष भक्त गुरुङले आफू रहेको एनआएएनए अन्तर्राष्ट्रिय विभागको सदस्यबाट राजीनामा दिएको बताएका थिए ।
पत्रकार सम्मेलन महासचिव सुरेशजंग शाहीले सञ्चालन गरेका थिए भने अध्यक्ष भक्त गुरुङ ले अध्यक्षता ग्रहण गरेदै नयाँ कार्यसमितिहरुको नामावली पढेर सुनाएका थिए । पुनर्गठित शाखा समितिहरु स्कटल्यान्ड, मिडल्यान्ड, लन्डन साउथ वेस्ट, लन्डन नर्थ, लन्डन साउथ इस्ट नयाँ कार्यसमितिका नामावली पढेर सुनाउँदै सबैलाई धन्यवाद दिएका थिए ।






