तमु सांस्कुतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्रदान

SHARE:

भिम गुरुङ
बुटवल फागुन ४ । तमु सांस्कुतिक प्रतिष्ठान नेपालद्वारा तराईका दुई जिल्लाहरु रुपन्देही र नवलपरासीका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूल नाराका साथ आम तमुहरुमा शैक्षिक जागरण ल्याउन गरिएको अभियानअनुसार रुपन्देही र नवलपरासीका सात जना तमु विद्यार्थीहरुलाई चार वर्षे छात्रवृत्ति एक कार्यक्रमकाबीच वितरण गरिएको हो । प्रतिष्ठानका अनुसार रुपन्देही जिल्लाबाट भविष्य निर्माण मावि देवदहका निशान गुरुङ र दुर्गादेवी आधारभूत विद्यालय अमुवाका मिरा गुरुङ साथै नवलपरासीबाट ज्योति मावि सनुवलका सन्दिप गुरुङ, अरनिको मावि सुनवलका पूजा गुरुङ, राष्ट्रिय मावि सुस्ताका डेनिस तमु, जनता मावि मध्यविन्दु नवलपुरका प्रश्ना तमु र अरनिको मावि सुनवलका प्रेम तमुले वार्षिक आठ आठ हजारका दरले कक्षा १२ सम्मका लागि छात्रवृत्ति प्राप्त गर्न सफल भएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी गराएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै तमु भाषा तथा खेमा लिपि अभियन्ता भिम तमुले शैक्षिक जागरणबिना आम तमुहरुको सर्वाङ्गीण विकास हुन नसक्ने बताएका थिए । तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजीवन सदस्यसमेत रहेका तमुले राज्यको हरेक तहमा तमुहरुको पहुच पुर्‍याउन पनि उच्च शिक्षामा दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै तमु संस्कृतिविद् ठाकुर जंग तमुले विगतमा हामी तमुहरुले शिक्षामा भन्दा बढी वैदेशिक रोजगारमा ध्यान दिएकाले देशको सबै तहमा गुरुङहरुको न्यून उपस्थिति रहेको बताएका थिए । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् नवलपरासीका अध्यक्ष पुराण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमुस्यो ह्युल छोंज घिं गुरुङ महिला परिषद्का वरिष्ठ उपाध्यक्ष टिचन तमु, तमु प्ये ल्हु संघका लुम्बिनी प्रदेश अध्यक्ष तेजबहादुर तमु, शिक्षक दामोदर ढकाल र अभिभावक धनबहादुर गुरुङले पोखराबाट सञ्चालित तमु सांस्कृतिक प्रतिष्ठानले रुपन्देही र नवलपरासीका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रम सचिव इन्द्र गुरुङको सञ्चालनमा र तमु प्ये ल्हु संघ अरनीको वस्ती नवलपरासीका सचिव विजय गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!